CG Electronics
IME Life
NIMB

खल्तीले बीमा ऐनलाई उल्लघन गर्दै ज्योति लाइफ इन्स्योरेन्स कम्पनीसँग सम्झौता

NIMB
Himalayan Bank

काठमाडौं । खल्ती डिजिटल एप नामक वालेटले म्यादी जीवन बीमा शुल्क भुक्तानीमा बीमा शुल्क छुट दिएर गैर कानुनी काम गरेको पाइएको छ । खल्तीले बीमा ऐनलाई उल्लघन गर्दै ज्योति लाइफ इन्स्योरेन्स कम्पनीसँग सम्झौता गरी प्रति बीमा पोलिसी २५ रुपैयाँ छुट दिँदै आइएको छ ।

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बैदेशिक रोजगार म्यादी बीमामा प्रत्येक बीमितले २५ रुपैयाँ छुट पाउनेछन् । कम्पनीले खल्तीले नै सो रकम व्यहोर्ने जनाएको छ । बीमा शुल्क छुट दिएको सम्बन्धमा खल्तीसँग सम्पर्क गर्दा कुनै जवाफ दिन चाहेन ।

सो रकम छुट बापतको खर्च कसले व्यहोरेको छ भन्ने खुल्न सकेको छैन । स्रोतका अनुसार ज्योति लाइफ र खल्तीका बीचमा अलिखित सम्झौतामार्फत उपभोक्तालाई क्यासब्याक सुविधा दिन दिइएको हो । उक्त छुट सुविधा अलिखित सम्झौतामार्फत दुवै कम्पनीले व्यहोर्ने जनाइएको छ ।

बीमा समितिले बीमा पुलमार्फत सञ्चालन गर्दै आएको बैदेशिक रोजगार म्यादी बीमाको शुल्कमा छुट दिएको सम्बन्धमा बीमा समितिले आश्चर्य व्यक्त गरेको छ । बीमा समितिका उच्च अधिकारीले बीमापोष्टसँग सो सम्बन्धमा यथार्थ बुझेर मात्रै जवाफ दिइने बताए ।

खल्तीबाट म्यादी बीमा शुल्क भुक्तानी गर्दा पाउने छुटले बीमितलाई फाइदा भएपनि बीमा शुल्कमा छुट दिएर बीमा पोलिसी काटेको अवस्थामा दावी भुक्तानीमा समस्या हुनसक्ने हुन्छ । नेपालको बीमा सम्बन्धी कानुनका अनुसार पुरा बीमा शुल्क लिएको बीमालेखले मात्रै पूर्णरुपमा जोखिम रक्षावरण गर्न सक्ने बीमा समितिले स्पष्ट पारेकोछ ।

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...