CG Electronics
IME Life
NIMB

नेवार समुदायमा आज धुमधामका साथ योमरी पुन्ही मनाइँदै

NIMB
Himalayan Bank

 

काठमाडौँ । मङ्सिर शुक्ल पूर्णिमाका दिन काठमाडौँ उपत्यका र उपत्यकाबाट अन्यत्र बसाइँ सरेका आदिवासी ज्यापू समुदायले ज्यापू दिवस मनाउँदै छन् । नयाँ चामलको पीठोभित्र चाकु बफ्याएर बनाइने मौलिक शैलीको मिठाई योमरी खाने दिनका रूपमा पनि यो दिनलाई लिइन्छ ।

काठमाडौँ वटु नाट्येश्वर गुठीका खजाञ्ची भाइकाजी महर्जनका अनुसार बजारमा मिठाई किनेर खाने व्यवस्था नहुँदाको समयमा यो दिन घरमै मिठाई बनाई खाने प्रचलन रहेको संस्मरण यो पूर्णिमाले गराउँछ । नेवारीमा ९ज्यापू वङ्क० अर्थात् कामलाई टुङ्गोमा पु¥याउने ल्याकत भएका भन्ने सोझो अर्थ ज्यापू शब्द रहेको उहाँ बताउनुहुन्छ ।

नेवारीमा ज्याः याफू अर्थात् काम गर्न सक्ने भन्ने अर्थ पनि ज्यापू शब्दले दिएको छ, बोलीचालीमा ज्यापू शब्द प्रिय रूपमा प्रकट र चलनचल्तीमा रहन गएको खजाञ्ची महर्जनको बुझाइ छ । मिठाई खाने दिन भएकोले यो पूर्णिमालाई योमरी पूर्णिमा पनि भनिन्छ, मरी भनेको नेवारीमा मिठाई हो ।

महर्जन, प्रजापति, सिंह, सुवाल, मुनिकार, सुवाल, अवाले लगायतका थर ज्यापू समुदायमा पर्छन् । ज्यापूबाहेक सबै नेवार समुदायले घरघरमा योमरी बनाएर चेलीलाई भोजनका लागि निमन्त्रणा गर्ने परम्परा छ ।

ज्यापू संस्कृति विकास कोषका उपाध्यक्ष सन्तकुमार महर्जनका अनुसार नेपाल सरकारले ज्यापू दिवस मनाउन आर्थिक वर्ष २०५७र५८ मा आर्थिक अनुदान दिएयता औपचारिक रूपमा ज्यापू दिवस मनाउने क्रम बढेको हो ।

आज आइतबार हुने यो दिवस कोरोना सङ्क्रमणबाट सुरक्षित रहने गरी तोकिएको स्वास्थ्य मापदण्डको पालना गर्दै ¥यालीसहित दिवस हुन्छ, उहाँ भन्नुहुन्छ ।

काठमाडौँ जिल्ला आयुर्वेद केन्द्र प्रमुख डा। अञ्जु कार्कीका अनुसार यो मौसम चिल्लो पदार्थ पचाउन सक्ने मौसम भएकोले तिल, घिउ, चाकूलगायतका पदार्थ भोजन गर्न सकिन्छ, यी पदार्थले यो याममा भोजनकर्ताको शरीरमा कफ, पित्त, वायु सन्तुलनमा राख्ने भएकोले योमरी, तिलको लड्डु वा तिलौरी, चाकु, उखु भोजन गर्दा जिउज्यानलाई लाभ गर्छ ।

योमरी मात्र नभएर पहाड मधेसमा नयाँ चामल भुटेर खट्टे खाने र दही चामल खाने प्रचलन रहेको उहाँ बताउनुहुन्छ, यसले पनि कफ, पित्त, वायु सन्तुलनमा राखेर शरीरमा ऊर्जा दिन्छ ।

योमरी पूर्णिमादेखि दिन केही लम्बिने र रात केही समय छोट्निे हुन्छ भन्ने यो समुदायमा विश्वास रही आएको खजाञ्ची महर्जन बताउनुहुन्छ ।

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

हवाईसेवा–पर्यटन विकास

हवाईसेवा–पर्यटन विकास

वि.सं.२०८३ असार १८ बिहीवार ०९:३७

    संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...