CG Electronics
IME Life
NIMB

गाउँमै पुगेर नागरिकताका लागि सहजीकरण गर्दै

NIMB
Himalayan Bank

 

बाजुरा जिल्ला प्रशासन कार्यालयले यहाँका नौवटै पालिकाका वडामा पुगेर नागरिकताको प्रमाणपत्रका लागि लगत सङ्कलन गर्न थालेको छ । अर्थोपार्जनमा कमजोर भएका, अपाङ्गता र अशक्त नागरिकका लागि आफन्तबाट गाउँमै सनाखत गराउँदै लगत सङ्कलन गरी जिप्रकाबाट पछि वितरण गर्नेगरी नागरिकता सहायता कार्यक्रम सञ्चालन गरिएको प्रजिअ गोपालकुमार अधिकारीले राससलाई बताउनुभयो ।

दुर्गम तथा हिमाली पालिकाका विकट वडाका नागरिकलाई गाउँमै सहजरुपमा नागरिकता प्रदान गर्नका लागि प्रशासनले वडा कार्यालयको सिफारिस र आफन्तको सनाखतअनुसार विवरण सङ्कलन गर्न थालिएकोे उहाँको भनाइ थियो ।अतिविपन्न र अपाङ्गता भएका र अशक्त एकल महिलालाई जिल्लामा आएर नागरिकता लिन सकस हुने भएकाले पूर्वी र उत्तरी भेगका चार पालिकामा कर्मचारी खटाएर विवरण सङ्कलन गर्दै जिल्लामा ल्याउने गरिएको प्रजिअ अधिकारीले बताउनुभयो ।

यहाँको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र जगन्नाथ गाउँपालिकामा प्रशासनको टोलीले नागरिकता सहायतामा सहजीकरण गर्दै आएको छ । पालिकाका वडा कार्यालयले सिफारिस गरेका नागरिकको आवश्यक प्रमाण अपुग भएमा प्रमाण जुटाउनका लागि सहजीकरण गर्दै उक्त विवरण सङ्कलन गरिएको हो ।

बिहीबार र शुक्रबार जगन्नाथ गाउँपालिकाको जुड्डीमा १९० जनाको र हिमाली गाउँपालिकामा पनि शनिबार र आइतबार गरी २७५ जनाको विवरण सङ्कलन गरिएको छ । गाउँपालिकामा रहेका नागरिकको नागरिकताका लागि आश्वयक प्रमाण जुटाएर उनीहरुलाई एक साताभित्र नागरिकता दिने गरी विवरण सङ्कलन गरिएको प्रजिअ अधिकारीले बताउनुभयो ।

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...