चर्चित र्यापर आशिष राना ‘लाउरे’ लागुऔषधसहित पक्राउ
Thursday Dec 30, 2021
वि.सं.२०७८ पुस १५ बिहीवार १३:४९
चर्चित र्यापर आशिष राना ‘लाउरे’ लागुऔषधको कारोबार गरेको आरोपमा पोखरास्थित जाल्पारोडबाट पक्राउ परेका छन् ।
लामो समयदेखि र्याप गीत गाउँदै आएका लाहुरे र बार्ज र्याप ब्याटलबाट चर्चामा आएका थिए। उनका ‘मेरो सोल्टा’ ‘नेपहपको बाटो’ ‘चुप’ लाग लगायतका गीत चर्चित छन्।
उनले ताण्डव फिल्ममा अभिनेताको रुपमा काम गरेका छन् भने रियालिटी शो हिमालय रोडिजमा पनि आबद्ध छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
“अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौँ । उहाँहरु संलग्न हो कि हैन अनुसन्धानपछि मात्रै थाहा होला,” उनले भने ।पोखरा, नयाँबजारका राना ‘रअ बाज’ र्याप ब्याटलपछि चर्चामा आएका थिए ।






















