CG Electronics
IME Life
NIMB

नेशनल लाइफ इन्स्योरेन्सले दोस्रो त्रैमासमा आधा खर्बको कोष खडा गर्न सफल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरण प्रकाशित गर्दै अब्बल कम्पनीको रुपमा आफूलाई कायमै राख्न सफल भएको छ । गत आवको तुलनामा कम्पनीले उल्लेख्य प्रगति गर्न सफल भएको छ ।

आज प्रकाशित वित्तीय विवरण अनुसार नेशनल लाइफ इन्स्योरेन्सले झण्डै आधा खर्बको जीवन बीमा कोष खडा गर्न सफल भएको छ । पुस मसान्तसम्ममा कम्पनीले ४७ अर्ब २१ करोड १२ लाख ३५ हजार ७१७ रुपैयाँ जीवन बीमा कोष खडा गर्न सफल भएको छ । कम्पनीले जगेडा कोष नै एक अर्ब १ करोड रुपैयाँको खडा गरेको छ भने महाविपत्ति कोष सहित कूल कोषको आकार ४८ अर्ब ५३ करोड रुपैयाँ पुर्याउन सफल भएको छ ।

कम्पनीले खुद बीमा शुल्क आम्दानी २४ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । गत आवमा जम्मा पाँच अर्ब ४८ करोड रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको कम्पनीले चालु आवको छ महिने अवधीमा छ अर्ब ६९ करोड रुपैयाँ खुद बीमा शुल्क आम्दानी गर्न सफल भएको छ ।

 

कम्पनीको खुद दावी भुक्तानी ५५.८७ प्रतिशतले बृद्धि भएको छ । गत आवमा एक अर्ब ६४ करोड रुपैयाँ खुद दावी भुक्तानी गरेकोमा चालु आवको छ महिनाको अवधीमा दुई अर्ब ५६ करोड ८७ लाख ४१२ रुपैयाँ खुद दावी भुक्तानी गरेको छ ।

कम्पनीले बीमालेख धितो, लगानी, कर्जा अन्यबाट प्राप्त आम्दानी १७ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । गत आवमा एक अर्ब ८७ करोड २४ लाख १० हजार २७५ रुपैयाँ आम्दानी गरेकोमा चालु आवको छ महिना अवधीमा दुई अर्ब १९ करोड ४५ लाख दुई हजार ४३३ रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको छ ।

कम्पनीले अभिकर्तालाई ७५ करोड ४१ लाख ३८ हजार ४९५ रुपैयाँ कमिशन बापत वितरण गरेको छ । गत आवको तुलनामा २३ प्रतिशतले बढि हो । कम्पनीको खुद नाफा १४ करोड ४१ लाख ८६ हजार २७ रुपैयाँ छ । मुनाफा गत आवको तुलनामा ३९ प्रतिशतले घटेको छ । यद्यपि जीवन बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्कनको क्रममा हेरफेर हुनसक्नेछ ।

कम्पनीले समीक्षा अवधीमा बीमा पोलिसी संख्या पनि २० प्रतिशतले बृद्धि गरी १० लाख ८२ हजार ४७६ पुर्याउन सफल भएको छ । समीक्षा अवधीमा कम्पनीको प्रतिशेयर आम्दानी ८.५० रुपैयाँ, प्रतिशेयर नेटवर्थ १३९.०६ रुपैयाँ, पिईअनुपात १३०.२४ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य १६२३.१९ रुपैयाँ रहेको छ ।

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै प्रदेशमा योग कार्यक्रम

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै...

वि.सं.२०८३ असार ८ सोमवार ०९:२२

काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय योग दिवस २०२६ को...

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ...

वि.सं.२०८३ असार ८ सोमवार ०९:१७

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘१८औँ कर्पोरेट बिजनेस...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...