जीवन विकास लघुवित्तले घोषणा गर्यो बम्पर लाभांश, बोनस र नगद कति ?
Sunday Feb 20, 2022
वि.सं.२०७८ फागुन ८ आइतवार ११:०६
जीवन विकास लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बम्पर लाभांश घोषणा गरेको छ ।
लघुवित्त सञ्चालक समितिको फागुन ७ गते बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई ७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.७८ प्रतिशत नगद गरी कुल ७३.६८ प्रतिशत लाभांश घोषणा गरेको हो ।
लघुवित्तले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।























