CG Electronics
IME Life
NIMB

संस्कृति इन्टरनेशनल स्कूलको “सिकाइ सुधार” सम्बन्धि गोष्ठी

NIMB
Himalayan Bank

 

काठमाडौँ । संस्कृति इन्टरनेशनल स्कूलले अन्तर्राष्ट्रिय पाठ्यक्रम संघ (आईसीए) सँगको साझेदारीमा शैक्षिक गोष्ठी आयोजना गर्ने भएको छ । गोष्ठी ठमेलको अलफ्ट काठमाडौँ होटलमा वैशाख २४ गते शनिबार र २५ गते आइतबार हुन गइरहेको छ ।

यो गोष्ठी फिल्डवर्क एजुकेशन युकेद्वारा अक्टोबर २०२२ मा गरिने अन्तर्राष्ट्रिय पाठ्यक्रम सम्मेलनको एक हिस्सा हो ।यस कार्यक्रमले किन्डरगार्टन, प्राथमिक र निम्न माध्यमिक तहको पाठ्यक्रमलाई समेट्छ । अन्तर्राष्ट्रिय पाठ्यक्रमहरूको प्रभावकारी कार्यान्वयनले शिक्षा क्षेत्रको गुणस्तरमा कसरी सकारात्मक प्रभाव पार्न सक्छ भन्नेबारे बुझ्न चाहने शिक्षक, प्रशासक, लगानीकर्ता र सम्बन्धित सबैको लागि यो गोष्ठी फलदायी हुनेछ ।

संस्कृति इन्टरनेशनल स्कूलकि निर्देशिका दिप्ती आचार्यज्युले भन्नुभयो,“हालका वर्षहरूमा बेलायतको फिल्डवर्क एजुकेशनले प्रदान गरेको पाठ्यक्रम नेपालका विभिन्न विद्यालयहरूले अपनाएका छन् किनकि यसका पाठ्यक्रमहरु विषयगत र रचनात्मक हुने गर्दछन् । जसले गर्दा हामीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै पाठ्यक्रम मिलाएर विद्यालयको विषयवस्तु फराकिलो बनाउन र चौतर्फी शैक्षिक अनुभव प्रदान गर्न मद्दत गर्छ ।”

संस्कृति इन्टरनेशनल स्कूलका अध्यक्ष श्री रञ्जित आचार्यज्युले भन्नुभयो, “यस कार्यशालामा अन्तर्राष्ट्रिय पाठ्यक्रममा काम गरिरहेका शिक्षकहरूको अनुभव बाँड्दै विभिन्न कक्षागत अभ्यासहरू गरिनेछ । दुई दिनको अवधिमा सहभागी शिक्षकहरूले विभिन्न विद्यालयका शिक्षकहरूको साथसाथै अन्तर्राष्ट्रिय पाठ्यक्रम संघका सहकर्मीहरूसँग भेट्ने र शैक्षिक सुधार गर्ने विषयमा केन्द्रित छलफल र सहकार्यमा संलग्न हुने अवसर पाउनेछन् । मलाई आशा छ कि सबै सहभागीहरूले गोष्ठीको पूर्ण लाभ उठाउनुहुनेछ ।”
अन्तर्राष्ट्रिय पाठ्यक्रमको कार्यान्वयनको प्रभावकारिताको बारेमा इच्छुक सम्पूर्ण विद्यालयहरू यस गोष्ठीमा सहभागी हुन सक्नेछन् ।

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...

इक्यान र आइप्यानबीच रणनीतिक समझदारी, ‘स्टडी इन नेपाल’ अभियान संयुक्त रूपमा अगाडि बढाइने

इक्यान र आइप्यानबीच रणनीतिक समझदारी, ‘स्टडी इन...

वि.सं.२०८३ असार १५ सोमवार २३:४९

  काठमाडौं । नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको आकर्षक गन्तव्यका रूपमा स्थापित...

LG को ‘हरेक घरको खुशी, घर-घरमा LG’ अभियान देशव्यापी विस्तार

LG को ‘हरेक घरको खुशी, घर-घरमा LG’...

वि.सं.२०८३ असार १४ आइतवार २१:५८

  काठमाडौं, असार २८ — नयाँ घरेलु उपकरण श्रृंखला LG...

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल श्रेष्ठलाई

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल...

वि.सं.२०८३ असार १४ आइतवार १३:१७

  ललितपुर, नेपाल — नेपाली युवा उद्यमी मञ्च (NYEF) ललितपुर...