CG Electronics
IME Life
Ncell NPL

राउण्ड टेबल नेपालद्वारा मोरङमा २ करोड लगानीमा विद्यालयका कक्षाकोठा निर्माण

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

मोरङ । राउण्ड टेवल विराटनगर प्लाटिनम राउण्ड टेबल नेपालले मोरङको बुढीगंगा गाउँपालिकस्थित सरस्वती सदन आधारभूत विद्यालयलाई कक्षाकोठा निर्माण गरी हस्तान्तरण गरेको छ । राउण्ड टेबलले सो विद्यालयमा वहुवर्ष योजनाअन्तर्गत २ करोड रुपैयाँभन्दा बढीको लगानी गर्दै आवश्यक सम्पूर्ण भौतिक साधन जुटाई कक्षा कोठा निर्माण गरि हस्तान्तरण गरेको हो ।

बुढीगंगा गाउँपालिका–४ स्थित विद्यालय परिसरमा बिहीबार आयोजित कार्यक्रमकाबीच राउण्ड टेबल नेपालका अध्यक्ष आनन्द बाहेतीले विद्यालय परिसरमा हालै निर्माण गरिएको ४ कोठे भवनको उद्घाटन गरे । विराटनगर प्लाटिनम राउण्ड टेबल नेपालले यूरोपस्थित राउण्ड टेबल यूरो ११ सँग सहकार्य गर्दै सो विद्यालयमा ४० लाखको लगानीमा ४ कोठे पक्की भवन थप गरेको हो । राउण्ड टेबल नेपालले सोही संस्थासँग सहकार्य गर्दै उक्त विद्यालयमा यसअघि नै १६ वटा कोठा निर्माण गरिसकेको छ । विराटनगर राउण्ड टेबल नेपालले सन् २००६ यता उक्त विद्यालयको अभिभावकत्व ग्रहण गरेको छ । अभिभावकत्व ग्रहण गरिएयता विद्यालयमा निरन्तर भौतिक संरचनाको निर्माण गर्दै आएको विराटनगर राउण्ड टेबल प्लाटिनम ११ का अध्यक्ष प्रणव तोदीले बताए ।

थप गरिएको ४ कोठासँगै हालसम्म राउण्ड टेबल नेपालले उक्त विद्यालयमा २० वटा कोठको निर्माण सम्पन्न गरिसकेको छ । निर्माण गरिएको सोही कोठाहरुबाट विद्यालयको प्रशासनिक काम कारवाहीका साथै विद्यार्थीको अध्ययन अध्यापन हुने गरेको छ । त्यति मात्र नभई विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्वि गर्नसमेत राउण्ड टेबल नेपालले भूमिका निर्वाह गर्दै आएको छ । आफूहरुले अभिभावकत्व ग्रहण गर्नुअघि उक्त विद्यालय नजिकैको जग्गामा टिनको छानो भएको कोठामा सञ्चालन हुने गरेको राउण्ड टेबल नेपालका पूर्व अध्यक्ष दिवाकर राठीले जानकारी दिए । बिजोग अवस्था देखेर आफ्नो संस्थाले सो विद्यालयको अभिभावकत्व ग्रहण गरेको र त्यसयता निरन्तर विकास निर्माण तथा भौतिक सामग्री जुटाइदिने काम गर्दै आएको राठीले बताए ।

राउण्ड नोपाल ११ ले हालसम्म उक्त विद्यालयमा स्वच्छ खानेपानी, शोैचालय, साईकल पार्किङ लगायत आवश्यक सम्पूर्ण भौतिक पुर्वाधार निर्माण गरिदिएको छ । बितेको १५ वर्षमा युरो ११ सँग सहकार्य गर्दै उक्त विद्यालयमा राउण्ड टेबल ११ ले २ करोड बढीको लगानी गरिसकेको छ । विद्यालयका लागि आवश्यक सम्पूर्ण भौतिक संरचना राउण्ड टेबलले जुटाई दिएपछि अब आफूहरु विद्यालयको स्तरोन्नती र शैक्षिक गुणस्तर बृद्धि गर्न लागिपरेको विद्यालयका ब्यवस्थापन समिति अध्यक्ष हक्मुद्धिनले बताए ।

कक्षा कोठा लोकार्पण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक स्वर्णकान्त दाहालसहित राउण्ड टेबल नेपालका दिवस सुवेदी, निखिल जैसानी तथा हरी राठीलगायतका पदाधिकारीको सहभागिता थियो ।

यसैवीच मोरङको रंगेली नगरपालिका ७ मा रहेको आदर्श निम्न माध्यमिक विद्यालयलाई राउण्ड टेवल ५ द्वारा ४ वटा कोठा निर्माण गरी शुक्रबार कार्यक्रमका बीच विद्यालयलाई हस्तान्तरण गरेको छ ।

राउण्ड टेवल नेपालका अध्यक्ष आनन्द बाहेती र मेयर दिलिप बगडियाले नवनिर्मित कोठामा हस्तान्तरण गरे ।

सोही कार्यक्रममा मेयर बगडियाले सो विद्यालयमा अरु कोठा र अंग्रेजी शिक्षा दिने प्रतिवद्वता जनाएका छन् । विद्यालयमा ४ सय ६५ विद्यार्थी अध्ययन गरिरहेका छन् । विद्यालयलाई सधैं यसरी नै सहयोग गर्दै जाने राउण्ड टेबल नेपाल ५ का अध्यक्ष आनन्द वाईतिले जानकारी गराए । अहिलेसम्म यो विद्यालयमा राउण्ड टेबुलले १५ वर्षदेखि सञ्चालन गर्दै आएको र लगभग ५० लाखसम्म खर्च गरेको विराटनगर राउण्ड टेबुल ५ का अध्यक्ष टेबलर ऋषभ दाहालले जानकारी दिए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपाने, वडा अध्यक्ष रामचन्द्र मण्डल, राउण्ड टेवल नेपालका पदाधिकारी तथा सदस्य, रोटरी क्लबका पदाधिकारी तथा सदस्य, जग्गादाता कमलेश अग्रवाल, प्रधानाध्यापक अरविन्द शाहलगायतको उपस्थिति थियो ।

परिवर्तनका लागि अहिलेको पुस्ताले चुनौती बेहोर्नुपर्छ : रवि लामिछाने

परिवर्तनका लागि अहिलेको पुस्ताले चुनौती बेहोर्नुपर्छ :...

वि.सं.२०८३ वैशाख १४ सोमवार १८:४१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभपाति रवि लामिछानेले जनताको...

बर्ली (Burly) को बजारमा ‘ह्याट्रिक’: १७ कूलर र ६ गिजरको सफलतापछि अब ३ शक्तिशाली ‘कमर्सियल’ जायन्ट सार्वजनिक

बर्ली (Burly) को बजारमा ‘ह्याट्रिक’: १७ कूलर...

वि.सं.२०८३ वैशाख १३ आइतवार १५:१४

काठमाडौं, नेपाल – २२ अप्रिल २०२६ नेपाली उपभोक्ताको मन जित्न...

एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान

एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार २३:०३

काठमाडौँ, बैशाख २०८३ – एनएमबि बैंकले व्यावसायिक भुक्तानी तथा वित्तीय...

गरिमा विकास बैंक लिमिटेडले प्राप्त गर्‍यो २ अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र

गरिमा विकास बैंक लिमिटेडले प्राप्त गर्‍यो २...

वि.सं.२०८३ वैशाख ९ बुधवार १८:५९

  काठमाडौं । Garima Bikas Bank Limited ले गुणस्तरीय बैंकिङ...

चितवनमा कजारिया रमेश टायल्सको नयाँ शोरुम उद्घाटन

चितवनमा कजारिया रमेश टायल्सको नयाँ शोरुम उद्घाटन

वि.सं.२०८३ वैशाख ८ मंगलवार २३:३४

  चितवन । कजारिया रमेश टायल्स लिमिटेडले नेपालभर आफ्नो विस्तारलाई...

शिक्षा र स्वास्थ्यलाई राजनीतिभन्दा टाढा राखेमात्र सरकार सफल हुन्छ : प्राडा दाहाल

शिक्षा र स्वास्थ्यलाई राजनीतिभन्दा टाढा राखेमात्र सरकार...

वि.सं.२०८३ वैशाख २ बुधवार १२:११

  काठमाडौं । शिक्षाविद् प्राध्यापक डाक्टर राम प्रसाद दाहालले वर्तमान...