हुलासको लगानिमा नेपालमा पहिलो पटक प्रि इन्जिनियरड भवन (पिईबि)को उत्पादन प्रारम्भ
Monday Aug 22, 2022
वि.सं.२०७९ भदौ ६ सोमवार २१:१६
काठमाडौँ । हुलासको लगानिमा नेपालमा पहिलो पटक प्रि इन्जिनियरड भवन (पिईबि)को उत्पादन प्रारम्भ सुरू भएको छ । विभिन्न प्रकोपहरुबाट हुने भौतिक क्षतीलाई न्युनिकरण गर्नुका साथै आधुनिक एवम् कम खर्चमा व्यवस्थित निर्माणलाई द्रुतगतिमा निर्माण सम्पन्न हुने प्रि इन्जिनियरड बिल्डिङ ९एभ्द्य० लगायत अन्य पाटपुर्जाहरू उत्पादन सुरू गरिएको कम्पनिले जनाएको छ ।

नेपालको पूर्वाधार विकासलाई द्रुतगतिमा बढाउने उद्देश्यका साथ हुलास स्टिल ईण्डष्ट्रिज लिमिटेडको लगानीमा पर्साको बेल्वामा हिप्को इन्फ्रा प्रा।लि। मार्फत गत माघ महिना देखि उत्पादन शुरु गरि हिप्को सुपरबिल्डको नामबाट विक्रि वितरण गर्दै आइरहेको छ । हिप्को इन्फ्रा प्रा। लिले नेपालमा पहिलो पटक अन्तराष्ट्रिय मान्यता प्राप्त सफ्टवेयरहरुको प्रयोग गर्दै उत्पादन गर्दै आएको जनाएको छ। साथै कम्पनिले अन्तराष्ट्रिय गुणस्तरिय मापदण्ड एएसटिएम, आइएस एनबिसि मेमा अनुसार उच्च गुणस्तरको प्रि इन्जिनियरड बिल्डिङ ९एभ्द्य० र अन्य पाटपुर्जाहरू लगायत सिजेड पुर्लिन, रूफिङ ट्रिम्स, डाउन स्पाउट, वक्र पाना को वार्षिक ५० लाख स्क्वायर फिट उत्पादन गर्ने कम्पनीले लक्ष्य लिएको छ ।
कम्पनी नेपालको पहिलो पूर्ण क्षमताको एकीकृत एभ्द्य निर्माता रहेको व्यहोरा समेत कम्पनीले जनाएको छ। कम्पनीले उत्पादन गर्ने उक्त वस्तुहरुको प्रयोग गर्दा साना देखि ठूला परियोजनाहरु जस्तै औद्योगिक कारखाना, वेयरहाउस, व्यावसायिक भवन, आवासिय भवन, बहुतले कार्यालय भवन, पुल, एयरपोर्ट, रेलवे, मेट्रो, शोरूम, स्टोर लगायत अन्य थुप्रै संरचनाहरुको निमार्णमा गुणस्तरिय, सुरक्षित, कम खर्चिलोका साथै तिन गुणा छिटो निर्माण सम्पन्न गर्न सकिने जनाएको । साथै यस कम्पनीको उत्पादनहरु प्रयोग गर्दा निःशुल्क परामर्श सेवा समेत दिदै आएको जनाएको छ । स्वदेशी उत्पादनहरुको प्रयोगले देशमा रोजगारी श्रृजना हुनुका साथै प्रि इन्जिनियरड बिल्डिङ ९एभ्द्य० को आयातमा कमीआई विदेशी मुद्राको बचत हुने व्यहोरा समेत कम्पनीले जनाएको छ। 




























