लघुबीमा कम्पनी स्थापनाका लागि बीमा समितिले तोकेका सर्तहरु के–के छन ?
Saturday Aug 27, 2022
वि.सं.२०७९ भदौ ११ शनिवार २१:४५
काठमाडौं । बीमा समितिले लघुबीमा कम्पनी स्थापनाको लागि प्रस्ताव आह्वान गरेको छ । समितिले चालु आर्थिक वर्षको बजेटमा उल्लेख गरे अनुसार लघुबीमा कम्पनी स्थापनाको लागि आह्वान गरेको हो ।
समितिले ३ जीवन बीमा र ४ निर्जीवन बीमा गरी ७ लघुबीमा कम्पनी स्थापनाको लागि प्रस्ताव आह्वान गरेको छ ।
सूचना प्रकाशित भएको ३५ दिनको १२ बजेभित्र समितिको नाममा शिलबन्दी प्रस्ताव पेश गर्न आग्रह गरेको हो ।Ed-markCivil Bank
प्रस्तावित लघुबीमा कम्पनीको चुक्ता पूँजी प्रस्ताव गर्दा कम्तीमा ७५ करोड रुपैयाँ हुने पर्ने उल्लेख छ ।
ग्रामीण क्षेत्रमा लघुबिमा कार्यक्रम पुर्याउन लाइसेन्स दिने प्रक्रिया अघि बढाइएको हो । यसमा इच्छुक व्यक्ति तथा लगानीकर्ता संस्थाले आवेदन पेश गर्न सक्नेछन् ।






















