CG Electronics
IME Life
NIMB

हरि गोपाल प्रधान र डा. सरिशा श्रेष्ठले विश्व कीर्तिमान राख्न सफल

NIMB
Himalayan Bank

काठमाडौँ । वरिष्ठ गीतकार हरि गोपाल प्रधान र डा. सरिशा श्रेष्ठ (मिस अर्थ २०२२)ले सारङ्गकोट, पोखरामा प्याराग्लाइडिङ्ग गरी आफ्नो साङ्गीतिक एल्बल “सरर बग्यो हावा सरर” विमोचन गरि विश्व कीर्तिमान कायम गर्न सफल हुनुभएको छ ।

आकाश माथि १९०० मिटरको उचाईमा” पोष्टर तथा म्यूजिक भिडियोका गीतका रचनाकार हरि गोपाल प्रधान, नायिका डा. सरिशा श्रेष्ठ लगायत गायक तथा नायक निर्णय श्रेष्ठ, गायिका सुवानी मोक्तान, ज्येष्ठ नागरिक अभियन्ता आरति पौडेलले एकै साथ आकाशमा उक्त गीतको मिति २०७९ बैशाख २८ गते विहान १०ः३० बजे बिमोचन गरि विश्व कीर्तिमान राख्न सफल भएका थिए । वल्र्ड बुक अफ रेकर्डस्को तर्फबाट नेपाल च्याप्टरका अध्यक्ष सागर कट्वालको उपस्थितिमा उक्त कीर्तिमानको विधिवत प्रयास सम्पन्न भएको थियो ।

महाराज कुमार साहिव लक्ष्यराजजि सिंह मेवार, उदयपुर, डा. किरण वेदी (भारतको प्रथम महिला आइपीएस), विलहेम जेज्लर (प्रमुख, वल्र्ड बुक अफ रेकर्डस्, युरोप), सन्तोष शुक्ला, प्रमुख कार्यकारी अधिकृत, वल्र्ड बुक अफ रेकर्डस्, सागर कट्वाल, अध्यक्ष, वल्र्ड बुक अफ रेकर्डस्, नेपाल च्याप्टरको संयुक्त बाहुलीबाट विश्व कीर्तिमानी वरिष्ठ गीतकार हरि गोपाल प्रधान र नायिका डा. सरिशा श्रेष्ठ (मिस अर्थ २०२२) लाई भारतको इन्दौरस्थित जे डब्लू मेरिएट होटलमा आयोजित समारोहबीच वल्र्ड बुक अफ रेकर्डस्, विश्व कीर्तिमानको प्रमाणपत्र हस्तान्तरण भएको थियो ।

उक्त कार्यक्रममा डा. किरण वेदीले “संसारकै उच्च स्थान नेपालमा रहेको र नेपालीहरुले अलौकिक कार्य गरेर पुनः नेपालको नाम उच्च स्थानमा पु¥याउन सफल भएकोमा तपाईले रेकर्ड राखेर नेपालीको शिर ठाडो पार्नुभएको छ” भन्दै सम्पूर्ण एल्बमका टिमलाई बधाई ज्ञापन गर्नुभएको थियो ।

वल्र्ड बुक अफ रकेर्डस् नेपालका अध्यक्ष सागर कट्वालले वरिष्ठ गीतकार हरि गोपाल प्रधान र अन्य टिमको अथक मेहनत र प्रयासबाट यो रेकर्ड बन्न सफल भएको भन्दै हरेक पाइलामा साथ दिने प्रतिवद्धता जाहिर गर्नुभयो । साथै गीतकार

हरि गोपाल प्रधानले सबैको साथ सहयोगका कारण आफूले विश्व रेकर्ड राख्न सफल भएको बताउनु भयो ।
उक्त साङ्गितिक एल्बममा हिपहप किङ्ग नायक तथा गायक निर्णय श्रेष्ठ, गायिका सुवानि मोक्तान र नायिका डा. सरिशा श्रेष्ठ, सिनोमटोग्राफर÷सम्पादक सोहन मानन्धर तथा कोरियोग्राफी डाइरेक्सन आराध्यलक्ष्मी ख्डगी रहेको थियो ।

यस एल्बममा गायिका ओरिजिनल गायिका सरिता अधिकारी, संगीतकार किशोर खतिवडा, वरिष्ठ संगीत एरेन्जर, अमूल कार्की ढली, रेकर्डीस दीप तुलाधर, फोटोपत्रकार पद्यमसागर कक्षपति, जर्नादन अर्याल, ड्रेस डिजाइनर तुल्सी प्रजापति, कुसुम श्रेष्ठ, मोडेल कलाकारमा विविता पाण्डे, श्रीकृति बलामी, निरिस्मा डली, झरना रेग्मी, सुनिता खड्का, कृति बलामी, एरेन्जमेन्टमा बालकृष्ण थारु प्रोडक्सन मेनेजर निकेश सुवेदी, सागर श्रेष्ठ र निर्माता शब्दयात्रा प्रकाशन, बनेपा रहेका छन् ।

हरि गोपाल प्रधान वरिष्ठ पत्रकार÷फोटो पत्रकार साहित्यकार एवं समाजसेवीले दोश्रो पटक विश्व कीर्तिमान राख्न सफल हुनुभएको थियो ।

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...