CG Electronics
IME Life
NIMB

अव ग्राहकले सिजिनेट र आइपीटिभी दुवै सेवा पाउने, सिजिनेट जोडी र सिजि ग्राण्ड जोडी अफर शुभारम्भ

NIMB
Himalayan Bank

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी सिजि नेटले स्काईकमसँगको सहकार्यमा बहुप्रतिक्षित आईपीटिभी सेवा सिजिनेट जोडी योजना शुरु गरेको छ । ग्राहकको आवश्यकता र मागलाई मध्यनजर गर्दै भरपूर मनोरञ्जन दिलाउने उद्धेश्यले कम्पनीले आइतबारदेखि सिजिनेट मेगा जोडी र सिजिनेट ग्राण्ड जोडी अफरको शुभारम्भ गरेको हो ।

यो सेवा सञ्चालनमा आएसँगै अव ग्राहकले सिजिनेट र आइपीटिभी दुवै सेवा सञ्चालन गर्न पाउने छन् । आइपीटिभी अन्तर्गत २५७ च्यानल उपलब्ध हुने छन् भने ती च्यानल मध्ये १२५ वटा एचडी र १३२ वटा एसडी च्यानल हुनेछन् । तीमध्ये ५० भन्दा बढी इन्टरटेण्टमेण्ट च्यानल, १० भन्दा बढी म्युजिक च्यानल, १० भन्दा बढी किड्स च्यानल, १० भन्दा बढी धार्मिक च्यानल, २० भन्दा बढी स्पार्टस च्यानल लगायतका च्यानलहरू हुनेछन् । यस्तै यसमा २० भन्दा बढी स्टार च्यानल, १५ सोनी च्यानल, ५ कलर च्यानल, १० जी नेटवर्क लगायत छन् । सिजिनेटले आफ्ना ग्राहकहरूका लागि न्युन शुल्कमा उच्च गुणस्तरीय क्वालिटी सुनिश्चित गर्दै सिजिनेट जोडी सेवा शुरु गरेको हो ।

सिजी नेट जोडी प्याकेज त्रैमासिक र वार्षिक रुपमा उपलब्ध हुनेछन् । स्प्रिण्टर जोडी (८० एमविपिएस प्लस आइपीटिभी) को प्रति महिना ८१०, पपुलार जोडी (१५५ एमविपिएस प्लस आइपीटिभी) को १०५५ र रकस्टार जोडी (३०५ एमविपिएस प्लस आइपीटिभी) को प्रतिमहिना १३७४ शुल्क लाग्नेछ । त्रैमासिक योजना अनुरुप स्प्रिण्टर जोडी ८० एमवीपिएसको साथमा आइपी टिभीको रु २६४०, पपुलार जोडी एमवीपिएसको साथमा आइपी टिभीको रु ३७५० र रक स्टार जोडी ३०५ एमवीपिएसको साथमा आइपी टिभीको रु ९७२० शुल्क लाग्ने छ ।

यस्तै वार्षिक योजना अनुरुप स्प्रिण्टर जोडी ० एमवीपिएसको साथमा आइपी टिभीको रु ९७२०, पपुलार जोडी एमवीपिएसको साथमा आइपी टिभीको रु १२६६० र रक स्टार जोडी ३०५एमवीपिएसको साथमा आइपी टिभीको रु १६४८ शुल्क लाग्ने छ । यो दरमा १३ प्रतिशत भ्याट जोडिने छ । सेटप बक्सकालागि ग्राहकले एक पटक रु २६०० शुल्क तिुर्नु पर्ने छ । यसकासाथै सिजिनेटले वदलिँदो समय अनुरुपमा निरन्तररुपमा उच्चस्तरीय सेवा उपलब्ध गराउँदै लैजाने छ ।

सिजी डिजिटलले सिजि नेट सँगको सहकार्यमा सार्वजनिक गरेको सिजी ग्राण्ड जोडी अफर अन्तर्गत ग्राहकले दुई फरक स्मिक प्राप्त गर्न सक्नेछन् । जसमा ग्राहकले ८० एमवीपिएस र आइपिटिभीका साथमा ४३ इन्चको सिजी टिभी रु ३५९९९ मा र ८० एमवीपिएस र आइपिटिभीका साथमा ३२ इन्चको सिजी टिभी रु २५४९९ मा प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले यी जोडी प्याकेजहरु सिजी नेट कार्यालय, सिजी डिजिटल आउटलेट, सिजिनेट वेवसाइट, फोन सम्पर्क वा दराज अनलाइन मार्फत प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार ४० हजार भन्दा बढी ग्राहकले यसअघि नै काठमाडौं उपत्यकाका साथै हेटौडा, वुटवल, भैरहवा, नवलपुर, भरतपुर, रत्ननगर र कावासोती गरी ७ प्रमुख सहरहरुबाट यो सेवा सुनिश्चित गरिसकेका छन् ।

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...