CG Electronics
IME Life
NIMB

नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनको ११औ महाधिवेशन

NIMB
Himalayan Bank

काठमाडौं । ‘व्यावसायिक कम्पनी, उत्तरदायी व्यवस्थापन; उत्प्रेरित कर्मचारी, सुदृढ ट्रेड युनियन’ नारा सहित २०७९ भाद्र २२–२४ मा यस नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठन (एनटिन–ल्त्भ्ब्ल्० को ११औ महाधिवेशन ट्रेड युनियन आन्दोलनको उद्गम भुमि प्रदेश–१ को राजधानी विराटनगरमा भव्यतापूर्वक सम्पन्न भएको छ । नेपाल सरकारका पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष माननीय सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यता र नेकपा एकीकृत समाजवादीका उपमहासचिव श्री जगन्नाथ खतिवडा तथा नेपाल टेलिकमका प्रबन्ध निर्देशक श्री सुनिल पौडेलको विशेष आतिथ्यतामा २०७९ भाद्र २२ गते संगठनका तत्कालीन अध्यक्ष श्री यादव प्रसाद पनेरुको अध्यक्षतामा उद्घाटन कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो ।

प्रमुख अतिथि, विशेष अतिथि, अतिथिज्यूहरू तथा कम्पनीमा क्रियाशील अन्य ट्रेड युनियनका प्रतिनिधिहरूले उद्घाटन समारोहमा शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो । सो अवसरमा केन्द्रीय समिति, विभिन्न विभागहरू, प्रादेशिक समिति, इकाई समिति तथा सम्पर्क समितिका ७७ जिल्लाका ६०० जना प्रतिनिधि तथा पर्यवेक्षकहरूको सहभागिता रहेको थियो ।

महाधिवेशनमा विगतमा सङ्गठनले कम्पनी, कर्मचारी र सेवाग्राहीको पक्षमा खेलेको भूमिकाको समीक्षा गर्र्दै आगामी दिनमा कर्मचारी, कम्पनी तथा ग्राहकको बृहत्तर हितको लागि तय गर्नुपर्ने कार्यदिशाको विषयमा गहन बिचार विमर्श गरिएको थियो । उक्त महाधिवेशनबाट श्री मोहन प्रसाद फुयाँलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भचएको छ । समितिको वरिष्ठ उपाध्यक्ष श्री कृष्ण प्रसाद ज्ञवाली, उपाध्यक्षहरू श्री राज किशोर चौधरी, श्री चण्डीका पोखरेल, श्री तोयनाथ भट्टराई, श्री भरत लामिछाने, श्री आनन्द पौडेल, महासचिव श्री मणि कुमार पोखरेल, उपमहासचिवहरू श्री तीर्थराज अधिकारी, श्री गोविन्द ढुङ्गाना, सचिवहरू श्री बचन ढ़ूगेल, श्री दीपक चौलागाईं, श्री कमला गिरी, कोषाध्यक्ष श्री रोशन पाण्डे र सह–कोषाध्यक्ष श्री नरेश प्रसाद पटेल चयन हुनुभएको छ ।

सदस्यहरूमा श्री महेन्द्र प्रसाद रिमाल, श्री घनश्याम पोखरेल, श्री कमल घिमिरे, श्री केशव बि. सी., श्री सालिकराम आचार्य, श्री हरि बहादुर कार्की, श्री विनोद महर्जन, ई. दीपक पौडेल, श्री राम प्रसाद भट्ट, श्री हरि कृष्ण महत, श्री प्रेमकला सम्बाहाम्फे, श्री रीता अधिकारी, श्री सृजना सापकोटा, श्री नीलकमल बुर्जा, श्री राम बाबु सिंह, श्री कान्छाराम महर्जन, श्री प्रेम प्रसाद रिजाल, श्री युवराज अधिकारी, श्री अशोक हिंङमाङ, श्री श्रीकृष्ण खड्का, श्री प्रकाश शर्मा, श्री रामकृष्ण महतो, श्री कमल खत्री, श्री मुक्ति प्रसाद भण्डारी र श्री रमेश पाठक सहित ४० जनाको केन्द्रीय समिति निर्वाचित गर्दै भव्य र सभ्य रूपमा महाधिवेशन सम्पन्न भएको छ ।
साथै, महाधिवेशनमा कम्पनीको समसामयिक अवस्थामा छलफल गर्दै आम कर्मचारीहरूको वृत्ति विकास एवं सेवा सुविधा तथा कम्पनीको व्यावसायिकता अभिवृद्धिका लागि सङ्गठन अझ सशक्त ढङ्गले क्रियाशील रहने सङ्कल्प गर्दै ११ बुँदे प्रस्ताव पारित गर्दै महाधिवेशन सम्पन्न भएको छ ।


महाधिवेशनको उद्घाटन समारोहमा उपस्थित प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यूहरू, अतिथिज्यूहरू, कम्पनीका उच्च पदस्थ व्यवस्थापकज्यूहरू, कम्पनीमा क्रियाशील ट्रेड युनियनका प्रतिनिधिज्यूहरू तथा देशभरबाट उपस्थित प्रतिनिधि तथा पर्यवेक्षक तथा स्वयं सेवकज्यूहरू, कर्मचारी मित्रहरू, पत्रकार मित्रहरू, महाधिवेशन सफल बनाउन अहोरात्र खटिनुहुने केन्द्रीय समितिका सम्पूर्ण निवर्तमान पदाधिकारीज्यूहरू, सहआयोजक प्रदेश–१ प्रादेशिक समितिका सम्पूर्ण पदाधिकारीज्यूहरू, हल उपलब्ध गराई सहयोग गर्ने होटल मनास्लू इन, बिराटनगरका होटल व्यवसायीहरु तथा ११ औ महाधिवेशन भव्य रुपमा सम्पन्न गर्न प्रत्यक्ष तथा परोक्ष रुपमा सहयोग गर्ने सबै प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौ ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न, निर्माणले लियो तीव्र गति

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम...

वि.सं.२०८३ असार २४ बुधवार २०:००

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...