CG Electronics
IME Life
NIMB

यी बैंकको २० अर्ब रुपैयाँ यसरी हरायो,कस्ले निकाल्यो बैंकबाट ३० अर्ब ? यसरी खुल्यो भेद

NIMB
Himalayan Bank

तीन महिनाको अवधीमा ठूला निक्षेपकर्ताले बैकिङ प्रणालीबाट तीन महिनाको अवधीको ३० अर्ब रुपैयाँ निकालेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको असोज महिनासम्मको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थामा ठूला निक्षेपकर्ताको निक्षेप ३० अर्ब रुपैयाँले घटेको छ ।

असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थामा गैर वित्तीय संस्था जसलाई ठूला निक्षेपकर्ताको रुपमा लिइन्छ तिनीहरुको निक्षेप ४ खर्ब ५० अर्ब रुपैयाँ थियो । असोज मसान्तमा आउदा यो निक्षेप घटेर ४ अर्ब २० रुपैयाँमा झरेको छ ।

राष्ट्र बैंकका अनुसार बीमा कम्पनीको निक्षेप बढेपनि कर्मचारी संचय कोष र नागरिक लगानी कोष तथा अन्य खालका कोषले बैंक तथा वित्तीय संस्थामा निक्षेपको रुपमा राख्ने रकम घटेको छ ।

बीमा कम्पनीले बैंक तथा वित्तीय संस्थामा राखेको निक्षेप ५ अर्ब रुपैयाँले बढेको छ । असार मसान्तमा १ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप बीमा कम्पनीको बैंक तथा वित्तीय संस्थामा रहेकोमा त्यो बढेर असोज मसान्तमा १ खर्ब ९२ अर्ब रुपैयाँमा पुगेको छ ।
यस्तै कर्मचारी संचय कोषले बैंक तथा वित्तीय संस्थामा राखेको निक्षेप १० अर्ब ४४ करोड रुपैयाँले घटेको छ । असार मसान्तमा ५२ अर्ब ८० करोड कर्मचारी संचय कोषको निक्षेप रहेकोमा असोज मसान्तमा ४२ अर्ब ३५ करोड रुपैयाँ निक्षेप रहेको छ ।

तर,कर्मचारी संचय कोषका प्रमुख प्रशासक तुलसी गौतमले भने बैंक तथा वित्तीय संस्थामा रहेको संचय कोषको निक्षेप रकम नघटेको बताए ।

‘हाम्रो अहिले ५३ अर्ब रुपैयाँ निक्षेप बैंक तथा वित्तीय संस्थामा छ,निक्षेप रकम घटेको छैन,’उनले भने ।

यस्तै नागरिक लगानी कोषको समेत असार मसान्तको तुलनामा असोज मसान्तमा निक्षेप ८ अर्ब ४८ करोड रुपैयाँले घटेको छ । नागरिक लगानी कोषको ६८ अर्ब ४९ करोड निक्षेप रहेकोमा असोज मसान्तमा त्यो घटेर ६० अर्ब रुपैयाँमा झरेको छ ।

यस्तै अन्य खालका कोषहरुको रकम समेत १६ अर्ब ५१ करोड रुपैयाँले घटेको छ । असार मसान्तसम्ममा १ खर्ब ४१ अर्ब ९८ करोड निक्षेप रहेकोमा असोज मसान्तमा १ खर्ब २५ करोड ४६ लाख रुपैयाँमा झरेको छ ।

गत असार मसान्तमा बाणिज्य बैंकहरुले नेपाल लेखामान मापदण्ड (एनएफआरएस) अनुसार प्रकाशित गरेको वित्तीय विवरण अनुसार उनीहरुको रिजर्भ एण्ड सरप्लसमा १ खर्ब ९० अर्ब ४९ करोड रुपैयाँ थियो ।

असोज मसान्तमा बैंकहरुले एनएफआरएस अनुसार नै अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरे । अहिले संचालनमा रहेका २८ वटै बाणिज्य बैंकहरुको गरी रिजर्भ एण्ड सरप्लसमा १ खर्ब ८२ अर्ब ६६ करोड रुपैयाँ रहेको असोज मसान्तको वित्तीय विवरणमा उनीहरुले नै देखाए । असार मसान्तको तुलनामा असोज मसान्तमा बैंकहरुको रिजर्भबाट ७ अर्ब ८३ करोड रुपैयाँ कहाँ हरायो ?

यस्तै बैंकहरुले असोज मसान्तमा प्रकाशित गरेको वित्तीय विवरणले उनीहरुले १२ अर्ब रुपैयाँ जति नाफा गरेको देखाए । यस्तो नाफा पनि सेयरधनीलाई बाढ्नु अघि रिजर्भमै राख्नु पर्छ । त्यसो हुँदा असार मसान्तको भन्दा बैंकहरुको रिजर्भमा असोज मसान्तमा १२ अर्ब रुपैयाँ बढी हुनुपथ्र्याे । तर, ७ अर्ब ८३ करोड रुपैयाँ घटेको देखाउँदा त यो तीन महिनाको अवधिमा बैंकहरुको रिजर्भबाट झण्डै २० अर्ब रुपैयाँ हराएको देखियो ।

कहाँ जान्छ रिजर्भको पैसा ?
बैंकले गरेको नाफा आफ्ना सेयरधनीलाई लाभांशको रुपमा बाढ्नु अघि रिजर्भ एण्ड सरप्लसमा राख्नुपर्छ । र, अहिले कार्यान्वयनमा आएको एनएफआरएस अनुसार नाफाबाट लाभांश वितरण गर्दा त्यही रिजर्भको पैसाबाट बाड्नु पर्छ । त्यसैले बैंकहरुले लाभांश बाढेको अबस्थामा रिजर्भमा भएको पैसा घट्नु स्वभाविक हुन्छ ।

लाभांश बाढेका कारण घटेको हो ?
होइन । बैंकहरुले यसबर्ष बार्षिक साधारणसभा गरेका छैनन् । बार्षिक साधारणसभा नगरी लाभांश बाढ्न पाइदैन । तर, केही चार्टर्ड एकाउन्टेन्टहरुले बैंकहरुको वित्तीय विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइसकेपछि रिजर्भमा भएको पैसा बोनस सेयर दिने भए पुँजीमा र नगद लाभांश दिने भए लाभांश दायित्वमा सार्ने गरिएको बताए ।

असोज मसान्तअघि अधिकांश बाणिज्य बैंकहरुको वित्तीय विवरण स्वीकृत भएको थिएन ।

तर, कम्पनीको सर्बाेच्च निकाय बार्षिक साधारणसभा हो । राष्ट्र बैंकले स्वीकृत गरेको वित्तीय विवरण पनि बार्षिक साधारणसभाबाट स्वीकृत नभइ कार्यान्वयन हुदैन । अहिले बाणिज्य बैंकहरुमा कार्यान्वयनमा रहेको एनएफआरएस अनुसार पनि बार्षिक साधारणसभा नगरी रिजर्भ एण्ड सरप्लसमा रहेको रकम पुँजीमा वा लाभांश दायित्वमा सार्न पाइदैन ।

अरु के हुँदा घट्छ रिजर्भ ?
अहिले कार्यान्वयनमा आएको आइएफआरएस अनुसार प्रत्येक त्रैमासमा बैंकहरुले आफूसँग भएको सम्पत्तीको वास्तविक मूल्य (फेयर भ्यालू) मा मूल्यांकन गराउनु पर्छ । बैंकहरुसँग भएको सम्पत्तीको वास्तविक मूल्य घट्यो भने बैंकहरुको रिजर्भ घट्छ । र, बढ्यो भने बढ्छ ।

बैंकसँग हुने सम्पत्ति के हो ?
बैंकहरुसँग हुने सम्पत्ती भनेको विशेष गरी घरजग्गा र सेयर हो । असार मसान्तको तुलनामा असोज मसान्तमा आइपुग्दा घरजग्गाको मूल्यमा धेरै नबढेपनि घटेको भने छैन । वास्तविक मूल्यमा जग्गाको मूल्यांकन गराउने पर्ने विधिको कार्यान्वयन गर्दा असार मसान्तको तुलनामा असोज मसान्तमा घरजग्गाको मूल्यांकन घट्नु पर्ने देखिदैन ।

बैंकहरुसँग हुने सेयर भनेको खासगरी बीमा कम्पनी र लघुवित्त वित्तीय संस्थाहरुको हो । किनभने एउटा बाणिज्य बैंकले अर्काे बाणिज्य बैंकको सेयरमा लगानी गर्न पाइदैन ।

नेपाल स्टक एक्सचेन्जका अनुसार गत असार मसान्तमा नेप्से परिसुचक १२१२.४ विन्दुमा थियो । र, असोज मसान्तमा परिसुचक १२४१.६ बिन्दुमा पुग्यो । यो तथ्यांकले पनि सेयरको मूल्य घटेका कारण बैंकहरुको सम्पत्ति घट्यो होला भनेर मान्न सकिने अबस्था छैन ।

नेपाल बैंककै हरायो ८ अर्बभन्दा बढी
नेपाल बैंकले असार मसान्तमा आइएफआरएस अनुसार नै प्रकाशित गरेको वित्तीय विवरण अनुसार उसको रिजर्भमा २४ अर्ब ७ करोड रुपैयाँ थियो । असार मसान्तपछि उसको रिजर्भमा बैंकले बेचेको थप निस्कासन (एफपीओ) बाट आएको ३ अर्ब रुपैयाँ पनि थपियो । र, बैंकले असोज मसान्तसम्ममा ९७ करोड रुपैयाँ वितरणयोग्य नाफा पनि कमायो ।

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...