CG Electronics
Ncell NPL
NIMB

श्रीमानलाई जेलबाट छुट्ने आशमा शरिर र पैसा दिए पछि ………..

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

राजविराज । राजनीतिक शक्तिको आधारमा समाजमा कतिसम्मको अपराध हुने गर्छ भन्ने कुरा राजविराजकी एक महिलामाथि एक नेताले गरेको दुव्र्यवहारबाट छर्लङ्ग हुन्छ ।

सप्तरीमा राष्ट्रिय जनता पार्टी (राजपा) का एक नेताले एक महिलासँग लाखौ रुपैयाँ ठग्नुका साथै बलात्कार समेत गरेको घटना सार्वजनिक भएको छ । ठगी र बलात्कार आरोपमा सप्तरी प्रहरीले राजपा नेपाल सप्तरीका कोषाध्यक्ष मनोज मेहतालाई आइतबार पक्राउ गरेको छ ।

छिन्नमस्ता गाउँपालिका–५ लोखरमका मेहताले राजविराज कारागारमा थुनामा रहेका श्रीमानलाई छुटाई दिने प्रलोभन देखाई साढे १० लाख रुपैयाँ ठग्नुका साथै लजमा लगी बलात्कार गरेको पीडित महिलाले बताएकी छन् । मेहताविरुद्ध ठगी तथा बलात्कार दुबै उजुरी दर्ता गरिएको डीएसपी भावेश रिमालले जानकारी दिएका छन् ।

अपहरण तथा शरीर बन्धक मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका महिलाका श्रीमानलाई राजनीतिक पहुँचका आधारमा छुटाई दिने आश्वासन दिँदै मेहताले पटक–पटक गरी करिब साढे १० लाख रुपैयाँ ठगी गरेको उनले बताइन् ।

जिल्ला कारागार, सप्तरी
पछिल्लो पटक शंका लाग्न थालेपछि पीडितले बैंकमार्फत एक लाख ९५ हजार पठाएकी थिइन् । त्यसअघि साढे एक लाख, तीन लाख र चार लाख रुपैयाँ पटक–पटक गरी विभिन्न ठाउँबाट ऋणसापट लिएर नगदै दिएको पीडितको भनाई छ ।

जेल परेका श्रीमानले नै मेहतासँग गत चैतको अन्त्यतिर चिनजान गराई दिएपछि बैशाखदेखि मेहताले बारम्बार सम्पर्क गरी आफ्नो पहुँच न्यायाधीश, एसपी, कर्मचारी सबैसँग भएकोले छुटाउन १० लाख रकम माग गरेका थिए ।

पीडितका अनुसार पछिल्लो पटक जेलमै भेट भएका मेहताले न्यायाधीशको मानिससँग भेटन जाउँ, आफै पनि कुरा गर भन्दै राजविराजस्थित अशोक लज लगेका थिए ।

लजमा न्यायाधीशको मानिस १५ मिनेटसम्म पनि नआएपछि निक्लिन खोज्दा उनले भित्रबाट चुकुल लगाएर शुरुमा कुटपिट गरी बलात्कार गरेको पीडितले रुँदै बताएकी छन् । यसबारे श्रीमानलाई तत्कालै आफूले जानकारी दिएपछि प्रहरीकहाँ उजुरी गरेको उनले बताइन् ।

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...