CG Electronics
IME Life
NIMB

भारतको नोयडामा अटो एक्स्पो सम्पन्न, एक्स्पोमा नेपाली अटो व्यवसायी पनि अवलोकनमा सहभागी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । भारतको इन्डिया एक्स्पो मार्ट, ग्रेटर नोइडा, दिल्लीमा पुस २९ देखि सुरु भएको १६औँ अटो एक्स्पो २०२३ आज समापन भएको छ। उक्त एक्स्पोमा नेपाली अटो व्यवसायी पनि अवलोकनमा सहभागी भएका थिए।

 

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको नाडा प्रतिनिधि मण्डलले प्रदर्शनीको अवलोकन भ्रमण गरेको हो। नाडाका केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुसहित १ सय ५० भन्दा बढी सदस्यहरुले उक्त प्रदर्शनीको अवलोकन गरेका थिए।

 

सो प्रदर्शनीको प्रमुख आयोजक सोसाइटी अफ इण्डियन मेनुफेकचरिङ एसोसिएसनले शोका दौडान पहिलो पटक पुस ३० गते आयोजना गरेको अटो ट्रेड डायलगमा नाडाका अध्यक्ष थापाले नेपालको अटोमोबाइल क्षेत्रको चुनौती र समस्याहरुका बारेमा आफनो धारणा राखेका थिए। नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले नेपाली अटो बजार र नीतिगत अवस्थाबारे विशेष प्रस्तुति दिएका थिए।

 

त्यसैगरी सो डाइलग कार्यक्रममा सिलोन मोटर टे«डर्स एसोसिएसनका सभापति चराका पिरेरा, बंगलादेश अटोमोबाइल एसेम्बलर एण्ड मेनुफेक्चरिङ्ग एसोसिएसनका अध्यक्ष अब्दुल मतलुब अहमदले समेत आफनो देशको अटोमोवाइल व्यवसायका चुनौतिहरु बारे चर्चा गरेका थिए। सो डाइलगको सेसन मोडरेटर सियामका स्ट्र«याटिजी ब्राण्ड एण्ड कम्मुनिकेशन, भीई कमर्सियल भेहिकल्सका सिनियर भाइस प्रेसिडेण्ट भगवान विण्डीगनाभीले गरेका थिए। सो डाइलगमा नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रती, कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्यसमिति सदस्यद्वय प्रकाश कपुरी, आकाश गोल्छा तथा यमुना श्रेष्ठ समेतको उपस्थिति रहेको थियो।

 

त्यसैगरी सियामले पुस २८ गते सोही स्थानमा पहिलो पटक आयोजना गरेको ईभी डिस्कसन कार्यक्रममा नाडाका तर्फबाट उपाध्यक्ष राजनबाबु श्रेष्ठ, केन्द्रीय कार्य समिति सदस्यद्धय आकाश गोल्छा तथा यमुना श्रेष्ठ सहभागी भएका थिए। सियामले नाडा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई सो डायलग र डिस्कसन कार्यक्रमहरुमा सहभागी भई आफ्नो धारणाहरु राखिदिन निमन्त्रणा समेत गरेको थियो ।

 

नाइमा नेपाल मोबिलिटी एक्सपोज २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

नाइमा नेपाल मोबिलिटी एक्सपोज २०२६ को स्टल...

वि.सं.२०८३ जेठ ३० शनिवार १३:२९

काठमाडौं। नाइमा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाइमा) ले आगामी ‘नाइमा...

टिभिएस जुपिटर खरिदमा ९ महिनासम्म पेट्रोल फ्री, मासिक २,८९९ रुपैयाँमै घर लैजान सकिने

टिभिएस जुपिटर खरिदमा ९ महिनासम्म पेट्रोल फ्री,...

वि.सं.२०८३ जेठ ३० शनिवार १३:२४

काठमाडौं ।  नेपालका लागि TVS को आधिकारिक वितरक जगदम्बा मोटर्स...

किया नेपालद्वारा ‘किया केथ्री सेल्टोस’ नेपाली बजारमा सार्वजनिक

किया नेपालद्वारा ‘किया केथ्री सेल्टोस’ नेपाली बजारमा...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २०:४३

काठमाडौं । नेपालका लागि किया गाडीको एकमात्र आधिकारिक वितरक कन्टिनेन्टल...

लक्ष्मी हुन्डाई ‘आइएमइए सर्भिस पर्फर्मेन्स अवार्ड’ बाट सम्मानित: नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ कोसेढुङ्गा 

लक्ष्मी हुन्डाई ‘आइएमइए सर्भिस पर्फर्मेन्स अवार्ड’ बाट...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ०९:३१

  काठमाडौँ — नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी...

सरकारको कर संरचना परिवर्तनपछि सुजुकी ई–भिटाराको मूल्य घट्यो, सबै भेरियन्टमा एक लाख रुपैयाँसम्म छुट

सरकारको कर संरचना परिवर्तनपछि सुजुकी ई–भिटाराको मूल्य...

वि.सं.२०८३ जेठ २६ मंगलवार २०:२१

  काठमाडौं । नेपालमा सुजुकी अटोमोबाइल्सको आधिकारिक वितरक CG Motocorp...

आईसिएयुआर भी२३ पूर्व-बजेट मूल्यमै उपलब्ध गराउने एसपीजी अटोमोबाइल्सको घोषणा

आईसिएयुआर भी२३ पूर्व-बजेट मूल्यमै उपलब्ध गराउने एसपीजी...

वि.सं.२०८३ जेठ २६ मंगलवार १४:०६

  नेपालका लागि iCAUR गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले...