CG Electronics
IME Life
Ncell NPL

माछापुच्छ्रे बैंकले आर्थिक वर्षमा १ अर्ब २ करोड माथि खुद नाफा आर्जन

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

 

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको पुस मसान्तमा १ अर्ब २ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको यसै अवधिको तुलनामा १.४३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको यहि अवधिमा बैंकले एक अर्ब १ करोड रुपैयाँ नाफा कमाएको थियो ।

चालु आवको पुष त्रैमाससम्ममा बैंकले २ अर्ब २९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा बैंकले २ अर्ब २४ करोड रुपैयाँ रुपैयाँ ब्याज आम्दानी गरेको थियो । खुद ब्याज आम्दानीमा खासै प्रगति नदेखिएको कारण बैंकको नाफा सामान्य मात्रै बढ्न पुगेको हो ।

बैंकको वितरण योग्य नाफा भने एक अर्ब ५ करोड रुपैयाँ रहेको छ । बैंकले पुस मसान्त सम्ममा एक खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको पुससम्ममा बैंकले एक खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब २८ अर्ब कर्जा लगानी गरेको थियो ।

हाल १० अर्ब २५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा ४ अर्ब १३ करोड रुपैयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी १९.९९ रुपैयाँ रहेको बैंकको प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ छ । बैंकको आधार दर ११.२३ प्रतिशत छ भने स्प्रेड दर ४.२५ छ । बैंकको सीडी रेसियो ८५.१८ रहेको छ । बैंकको खराब कर्जा ०.५७ प्रतिशतबाट बढेर १.४१ प्रतिशत पुगेको छ ।

 

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:४३

काठमाडौं । विकास निर्माणका काममा लामो समयदेखि देखिँदै आएको भुक्तानी...

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड,...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:३६

  काठमाडौं । सरकारले डिजिटल प्लेटफर्ममार्फत सञ्चालन हुने राइड सेयरिङ...

सीमामा सरकारको कडाइले बिस्कुट उद्योगी उत्साहित, ५ हजार नयाँ रोजगारी थपिने अपेक्षा

सीमामा सरकारको कडाइले बिस्कुट उद्योगी उत्साहित, ५...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:५६

  काठमाडौं । सरकारले सीमा नाकामा थालेको पछिल्लो कडाइ र...

सिटिजन लाइफलाई ISO 9001:2015 प्रमाणिकरण – गुणस्तरीय सेवामा अन्तर्राष्ट्रिय मान्यता

सिटिजन लाइफलाई ISO 9001:2015 प्रमाणिकरण – गुणस्तरीय...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १०:०४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गुणस्तरीय सेवा, प्रभावकारी...

माउन्ट एभरेष्ट पावरको २५ लाख ८० हजार कित्ता आईपीओ निष्काशन हुँदै

माउन्ट एभरेष्ट पावरको २५ लाख ८० हजार...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:५१

  काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आगामी वैशाख...

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...