CG Electronics
IME Life
NIMB

क्षत्रपाटी निःशुल्क चिकित्सालयको ६६ औं वार्षिकोत्सव सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । काठमाडौंको क्षत्रपाटीस्थित क्षत्रपाटी निःशुल्क चिकित्सालयले ६६ औं बार्षिकोत्सवको अवसरमा संस्थापक कम्पाण्डर बद्री मालीको शालिक आज एक समारोहका बीच अनावरण गरिएको छ ।

क्षत्रपाटी निःशुल्क चिकित्सालय हाताभित्र निर्माण गरिएको उक्त अस्पतालका संस्थापक बद्री मालीका शालिकको काठमाडौं महानगरपालिकाका प्रबक्ता तथा १७ नं वडा अध्यक्ष नविन मानन्धरले अनावशरण गरेका छन् । क्षत्रपाटी निःशुल्क चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा अस्पतालमा लामो समयदेखि सेवागत कर्मचारीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरियो ।

क्षत्रपाटी निःशुल्क चिकित्सालय २०१३ साल माघ २३ गते १० रुपैयाँको कूल पुँजिबाट सुरु भएको नेपालको पुरानो सामुदायिक स्वास्थ्य संस्था हो । तत्कालिन सञ्चार, यातायात तथा नहर मन्त्री गणेश मान सिंहले २०१६ साल माघ २३ गते श्रीपञ्चमीका दिनमा भवन सिलान्यास गरेर औपचारिक रुपमा शुभारम्भ गरिएको थियो । आज श्रीपञ्चमीकै अवसर पारेर अस्पतालले ६६ औं बार्षिकोत्सव मनाएको हो ।

 

बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं महानगरपालिकाका प्रबक्ता तथा १७ वडाका अध्यक्ष नविन मानन्धरले शहरी क्षेत्रका जनताको स्वास्थ्य उपचारमा क्षत्रपाटी निःशुल्क चिकित्सालयले उल्लेख्य भूमिका निर्वाह गरेको चर्चा गरे । कार्यक्रममा अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले आफ्नो चार वर्षे कार्यकालमा अस्पतालमा धेरै स्मरणयोग्य कामहरु भएको चर्चा गर्दै माऊ बद्री भवन तयार हुदै गरेको र थप बीर गणेशमान सिंह भवन समेत बनाउने प्रस्ताव अघि बढेको बताए । प्रविधिमैत्री अत्याधुनिक भेन्टिलेटरसहितको नयाँ अस्पताल बन्दै गएको र काठमाडौं महानगरपालिकालगायतका सबै निकायहरुबाट राम्रो सहयोग प्राप्त भइरहेकोमा धन्यवाद ज्ञापन गरे ।

 

हाल दुई वटा अत्याधुनिक भवनमा सम्पूर्ण स्वास्थ्य सेवा प्रवाह गर्दै आइरहेकोमा नयाँ अत्याधुनिक माऊ बद्री भवन निर्माण भइरहेको छ । आर्थिक रुपमा सम्पन्न तथा हुनेखानेसँग शुल्क लिने र नहुनेसँग शुल्क नलिई सेवा गर्ने नीति लिएको क्षत्रपाटी निःशुल्क चिकित्सालयमा मुटु सम्बन्धी अत्याधुनिक उपचार सेवा, दन्त सेवा तथा अन्य सम्पूर्ण उपचार सेवा प्रदान गर्दै आइरहेको छ । अस्पतालको आफ्नै दैनिक १०० सिलिण्डर अक्सिजन उत्पादन गर्ने प्लान्ट सहित अत्याधुनिक भेन्टिलेटर सुविधा समेत रहेको छ ।

 

सालिक अनावरण कार्यक्रममा स्व. बद्री मालिका आफन्तहरु तथा अन्य संस्थापकहरुका आफन्तहरुको समेत उपस्थिति रहेको थियो । यसैबीच, आजै विहान क्षत्रपाटी निःशुल्क चिकित्सालयका २१ जना संस्थापकहरु स्व. बद्रीमान माली, स्व. हर्ष बहादुर माली, स्व. महाबिर माली, स्व. बद्रीमान मानन्धर, स्व. हर्ष नारायण महर्जन, बद्री नारायण मानन्धर, स्व. तुलसी नारायण मानन्धर, स्व. रामहरि कृष्ण मानन्धर, स्व. हेमदेव मानन्धर, स्व. शम्भूलाल मानन्धर, स्व. सुरेन्द्र बहादुर पाँडे, स्व. इन्द्रमान मानन्धर, स्व. मुकुन्दराज जोशी, स्व. मोतिमान श्रेष्ठ, स्व. नाती पोडे, स्व. हरिहरराज लोहनी, स्व. मान बहादुर श्रेष्ठ, स्व. बहादुर कृष्ण मानन्धर, स्व. सिद्धिलाल श्रेष्ठ, स्व. गणेश प्रसाद रेग्मी र बान्तवाको तस्विरमा माल्यार्पण गरिएको थियो ।

 

 

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत सुधारमार्फत महिला उद्यमीको सशक्तीकरणमा जोड

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत...

वि.सं.२०८३ असार १ सोमवार २३:००

  काठमाण्डौ— उद्यमी महासङ्घ नेपाल (एफवेन) को नेतृत्वमा ‘अन्तर्राष्ट्रिय महिला...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...