यातायात कार्यालयको भवन निर्माणमा ढिलासुस्ती : सांसद थापा
Sunday Mar 05, 2023
वि.सं.२०७९ फागुन २१ आइतवार ०८:४१
भक्तपुर । भक्तपुर सुर्यबिनायक नगरपालिका वडा नं। ७ स्थित यातायात कार्यालय भवन निर्माण कार्यमा ढिलासुस्ती भएको विषयमा भक्तपुर क्षेत्र नं। २ का सांसद दुर्लभ थापाले चासो देखाउनुभएको छ ।
सांसद थापाले भवन निर्माण कार्य तोकिएकै स्थानमा अविलम्ब अघि बढाउन समेत निर्देशन समेत दिनु भएको छ ।
शुक्रबार सांसद थापाको निर्देशन अनुसार सचिवालयको टिम र शहरी बिकाश तथा भवन कार्यालयका ईन्जिनियर सहित योजना स्थलमा पुगि भवन निर्माणको काम अघि बढाउन स्थलगत निरिक्षण समेत गरेर सम्बन्धित पक्षलाई दबाब दिएको छ ।
सांसद थापाको निर्देशनपछि भवन बिभागले निर्माण कार्यलाई तत्काल अघि बढाउने र सो ठाउमा यातायात कार्यालय भवन जतिसक्यो चाँडो सम्पन्न गर्ने सो कार्यालयका कर्मचारीले प्रतिवद्धता जनाएका छन् ।

नेपाली कांग्रेस भक्तपुरले गुण्डुमा नै यातायात कार्यालय निर्माण हुनुपर्छ भन्ने कुरामा पहिले देखि नै अडान लिँदै आएको छ। त्यसोतः बन्दै गरेको यातायात भवनको बस्तुगत स्थिती प्रचार प्रसार गरिएको जस्तो कदापि छैन, साबिकको योजना स्थलमा भवनको जग नै नबस्ने भएकाले नयाँ डिपिआर रिपोर्ट र प्रस्तावित ठाउमा पुनः माटो परिक्षण गर्न सांसद थापाले सम्बन्धित निकायलाई यस अघिनै निर्देशन दिइसकेको थापाको सचिवालयले बताएको छ ।
योजना कार्यन्वयन निर्दिष्ट प्रक्रिया छन जसको पालना ३ वटै तहको सरकारले आनिबार्य गर्नुपर्छ। योजनाको सम्पुर्ण जानकारी जनतालाई सुसूचित गर्न पनि थापाको सचिवालय आग्रह गरेको छ । थापाको सचिवालयले बिकाशको हवाला दिदै केही सिमित ब्यक्तिको स्वार्थमा मध्यरातमा माटो अन्यत्र निकासी भएको विषयमा चासो देखाएको छ ।
सूर्यविनायक नगरपालिकाको निर्णय बमोजिम वडालाई माटो बाहिर निकासी गर्न अनुमतिपत्र दिएको भनियता पनि नगरपालिकामा माटो चलानको कुनै पनि निर्णय नभएको नगरपालिका श्रोतको भनाई छ । त्यसोत भक्तपुर जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय बाट स्पस्टिकरण माग भए पश्चात तत्कालका लागी माटो निकासी रोकिएको छ ।
काम गरे जस्तो गर्दै अपनत्व र जस आफैले लिँदै आएका केही ब्यक्तिहरू अतिरिक्त कमाई गर्ने महत्त्वकांक्षा राखेको पाइएकोले सांसद थापाको सचिवालय त्यस्ता कार्यलाई निस्तेज पार्ने गरी अगाडि बढेको छ । स्थानीय सरकार सञ्चालन एेन, नीति तथा निर्देशिका सबै किनारा लगाएर अबैध तरिकाले विकासको जस लिन नखोज्न र गुण्डुमा बन्ने यातायात भवन जति सक्यो चाँडो बनाउन र सस्तो लोकप्रियता कमाउन प्रति नलाग्न र बिकासको काममा सबै एक भएर लाग्न थापाको सचिवालयले अनुरोध गरेको छ ।
सो ठाँउमा कार्यालय निर्माण हुदा हाक्केडाडा र सुर्यबिनायक जंगलबाट बर्खाको समयमा आउने पानी निकासको निम्ति ठुलो नहर बनाउनको लागि डिपिआरमा समावेश गरिने भएको बताईएको छ ।




























