रासायनीक मलको अनुदान कटौतिले कृषिक्षेत्रको अवमूल्यन भयो : अध्यक्ष डङ्गोल
Wednesday Mar 15, 2023
वि.सं.२०७९ चैत १ बुधवार १७:३७
काठमाडौ । अखिल नेपाल किसान महासंघका अध्यक्ष डाक्टर प्रेम डङ्गोलले किसानलाई थप समस्यामा धकेल्ने गरी आएको अनुदान कटौतिको निर्णयले कृषि क्षेत्रलाई नै निरुत्साहित गरेको दुखेसो गरेका छन् ।
अखिल नेपाल किसान महासंघले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष डङ्गोलले अनुदान कटौतिको निर्णयले किसान र कृषिलाई निरुत्साहित गरेको भन्दै यसले खाद्य सुरक्षामा समेत गम्भिर जोखिम बढेको बताए ।
उनले सरकारको यो निर्णयले कृषीक्षेत्रको नै अवमूल्यन भएको महसुस आफुहरुले गरेको बताए ।
उनले भने ‘ यो निर्णयले मुलुकमा उत्पादन घट्न गई खाध्य सुरक्षामा आँच आउने जोखिम बढेको छ । ’
रासायनिक मलको प्रयोगलाई निरुत्साहीतगर्दै प्राङ्गगारिक मलको मात्रा बढाउन किसानलाई प्रोत्साहीत गर्नुपर्ने उनको भनाई छ ।
उनले भने “नेपाल सरकारले अभिलम्ब मल कारखाना खोलेर त्यसको प्रकृया अगाडी बढाउनु पर्छ भन्ने हाम्रो दृष्टिकोण हो ।
क्रमश रासायनिक मललाई घटाउँदै जाने प्राङ्गारिक मलको मात्रा बढाउदै जाने । यसका लागि किसानलाई प्रोत्साहित गर्नुपर्छ । प्राङ्गारिक मलमा अनुदान दिनुपर्छ गोठमा पुगेर अनुदान दिने गोठ सुधारका कार्यक्रम गर्नु पर्छ ।”
उनले राज्यले मलको गुणस्तर, आपुर्ति र व्यवस्थापन यी सबै कुरालाई ख्याल गर्नुपर्ने बताए। अध्यक्ष डङ्गोलले भने मल स्थापनाको लागि डेड खर्ब बजेटले पुग्ने हुनाले सरकारले यसतर्फ चासो दिए मुलुकमै मल कारखाना स्थापना हुने उनको विश्वास छ ।






















