CG Electronics
IME Life
NIMB

देशको राजस्व संकलन साधारण खर्च धान्ने अवस्थामै छैन्  : अध्यक्ष सिंह

NIMB
Himalayan Bank

काठमाडौ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले देशको राजस्व संकलन साधारण खर्च समेत धान्न सक्ने अवस्थामा नरहेको बताएका छन् ।

बिहिबार नेपाल निर्माण व्यवसायी महासंघको २४ औँ साधारण सभा कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले देशको राजस्व संकलन साधारण खर्च धान्ने अवस्थामा समेत नरहेको बताए ।

उनले भने “राजस्व संकलन साधारण खर्च धान्ने पनि छैन बिकास वजेटलाई आउने अनुदान र ऋणहरू सोचेको अनुपातमा आईरहेको छैन । बजेटलाई कम्तीमा २० प्रतिशत नभए ४० प्रतिशत विकास वजेट संकुचन हुन गइरहेको छ । वास्तविक रुपमा बोझको रुपमा नलिई हामीले सरकारलाई सहयोग गर्ने तयार छौ ।”

अहिले कालो सुचीमा राख्ने परिपाटी एकतर्फ धेरै भएको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यलयमा ३४० भन्दा बढि कम्पनीहरु कालो सुचीमा रहेको उनको भनाई छ ।

अध्यक्ष सिंहले, कालो सुचिमा परिसकेपछि काम लगाउने अधिकारीहरुलाई पनि कारवाही गर्नु पर्ने माग गरे । त्यस्तै ५० प्रतिशत भन्दा बढि ठेक्कामा डिपिआर तयार नभएको, बजेट अभाव भएको कारणले ठेक्का सञ्चालनमा आउन नसकेको प्रति उनको गुनासो छ ।

उनले अन्य निकायबाट अनुमति नलिईएको ठेक्का अन्त्य गरेर सार्वजनिक खरिद नियमावलीमा व्यवस्था भए वमोजिम १२ औ संशोधनले गरेको प्रावधानलाई पुर्ण रुपमा पालना गर्ने गरि ठेक्का लगाउन सरकारको ध्यानाकर्षण गराए ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न, निर्माणले लियो तीव्र गति

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम...

वि.सं.२०८३ असार २४ बुधवार २०:००

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...