प्रधानमन्त्रीलाई एक भएर विश्वासको मत दिन १० दल तयार
Saturday Mar 18, 2023
वि.सं.२०७९ चैत ४ शनिवार १८:४५
काठमाडौं । प्रधानमन्त्रीलाई एक भएर विश्वासको मत दिन १० दल तयार भएका छन् ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा भोलि संसदमा प्रस्तुत गर्ने विधेयक र पर्सी सरकारले लिने विश्वासको मतमा एकमतका साथ प्रस्तुत हुने सहमति भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयल जानकारी दिएको छ ।
























