होण्डा टेक्नीशियन स्कील कन्टेष्ट २०२३ सम्पन्न
Wednesday Mar 22, 2023
वि.सं.२०७९ चैत ८ बुधवार ०७:२४
काठमाडौं । होण्डा टेक्नीशियन स्कील कन्टेष्ट २०२३ सम्पन्न भएको छ ।
आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसीयनहरुको शिप र दक्षता अभिवृद्धि गर्ने र बिक्रीपछिको सर्भिसको सेवा स्तर उत्कृष्ट बनाउन होन्डनाले प्रतियोगिता गर्दै आएको छ ।
यसको लागि स्याकार ट्रेडिङ्ग कम्पनी सर्भिस डिभिजनको अगुवाईमा ५ वटा क्षेत्रिय प्रतियोगिता भएको थियो । जसमा प्रत्येक क्षेत्रबाट २र२ जना छनोट भएका थिए ।

प्रतियोगितामा प्रथम पुरस्कार बज्रअटो महराजगन्जका केशव गजुरेल, द्वितिय पुरस्कार एसटिसी पोखराका झलेन्द्र ईटानि र तृतिय पुरस्कार नौदेवी मोटर्स विराटनगरका विनोद शर्माले प्राप्त गरेका थिए ।

























