कस्तो छ आजको मुद्रा विनिमयदर रु
Thursday Mar 23, 2023
वि.सं.२०७९ चैत ९ बिहीवार ०९:०२
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३१ नेपाली रुपैयाँ ९६ पैसा र बिक्री दर १३२ रुपैयाँ ५६ पैसा पुगेको छ ।
त्यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ३३ पैसा हुँदा त्यसको बिक्री दर १४२ रुपैयाँ ९८ पैसा तोकिएको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ १८ पैसा र बिक्री दर १६२ रुपैयाँ ९२ पैसा रहेको छ । त्यस्तै क्यानडियन एक डलरको खरिद मूल्य ९६ रुपैयाँ ३१ पैसा कायम हुदा बिक्री दर भने ९६ रुपैयाँ, ७५ पैसा कायम गरिएको छ ।
एक डलर कतारी रियालकोे खरिद दर ३५ रुपैयाँ ९५ पैसा र बिक्री दर ३६ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

























