CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ ५ मंगलवार

skip this KENT :CG Electronics 6

आठ बुँदे घोषणापत्र सरकारलाई हस्तान्तरण गर्दै महिला नेतृत्व शिखर सम्मेलन भव्य रुपमा सम्पन्न

NIMB
nepal medical
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपाल उद्योग परिसंघ महिला नेतृत्व मञ्चले आयोजना गरेको दुई दिने महिला नेतृत्व शिखर सम्मेलन ८ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । वित्तीय पहुँच बढाउँदै महिलाहरुलाई आत्मनिर्भर बनाउनेतर्फ नीतिगत व्यवस्था हुनुपर्ने र भएका नीतिहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ । विश्वव्यापी व्यापार, प्रत्यक्ष विदेशी लगानी (एफडीआई), र अन्तर–क्षेत्रीय सम्बन्ध र नेटवर्कहरूमा महिलाहरूलाई वित्तीय र डिजिटल साक्षरतामा थप पहुँच चाहिने सुझाव सम्मेलनको छ ।

महिलाको स्वतन्त्रता वित्तीय पहुँचसँग जोडिएको छ । महिला उद्यमीहरूले आफ्नो ज्ञान र सीपलाई अनुकूलन गर्न सक्ने सुनिश्चित गर्न कर्जाको थ्रेसहोल्ड बढाउनुपर्ने सुझाव घोषणापत्रमार्फत सरकारलाई दिइएको छ । लघु, साना र मझौला उद्यमहरूमा महिलाहरूको लागि हालको ऋण संरचना बढाउन सुझाव दिइएको छ, जसबाट महिलाहरूले स्वतन्त्र रूपमा आफ्नो व्यवसायको लागि वित्तीय निर्णयहरू लिन सक्नेछन् ।

समावेशी संयन्त्र, नीति निर्माण एवं प्रणालीहरूको विकास कार्यमा महिलाहरुको सहभागिता बढाउने गरी ठोस व्यवस्था गर्न सुझाव दिइएको छ । राजनीतिक स्थानमा महिला सहभागिताका लागि न्यूनतम थ्रेसहोल्ड ३३ प्रतिशत रहेको भएपनि राजनीतिक क्षेत्रमा लैङ्गिक समानता हासिल गर्न महिलाको प्रतिनिधित्व कम्तीमा ५० प्रतिशत बनाउन आग्रह गरिएको छ ।

यस्तै लैङ्गिक न्याय, लैङ्गिक समानतालाई अगाडि बढाउन र सबैका लागि आर्थिक, सामाजिक र राजनीतिक प्रगतिका लागि सबै तह एवं निर्णयकर्ताको रूपमा महिलाहरूलाई अगाडि बढाउनुपर्नेमा सम्मेलनमा सहभागी राजनीतिकर्मी, परिवर्तनकारी महिला, राष्ट्रिय एवंं अन्तर्राष्ट्रिय विज्ञहरुले बताउनुभयो ।

सम्मेलनको अन्तिम दिन जारी गरिएको घोषणापत्र नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव डा. तोय नारायण ज्ञवाली, राष्ट्रिय योजना आयोगका सहसचिव बाबुराम सुवेदीलाई दुई दिने सम्मेलनको घोषणपत्र हस्तान्तरण गरिएको हो ।

सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव ज्ञवालीले सम्मेलनमा गरिएको छलफल समय सान्दर्भिक एवं सुझावहरु महिला शसक्तिकरणका लागि महत्वपूर्ण भएको बताउनुभयो ।

नेतृत्वमा महिला, अर्थतन्त्रमा महिलाको योगदान, र परिवर्तनका संवाहक महिला विषयमा छुट्टा छुट्टै सत्रमा भएको गम्भिर बहस, विमर्श एवं छलफलबाट निकालिएका सुझावहरुलाई सरकारले आगामी दिनमा नीतिगत रुपमा सम्बोधन गर्ने विश्वास परिसंघले लिएको छ ।

कोभिड १९ महामारीपछि महिला नेतृत्वका तीन वटा प्रमुख क्षेत्रमा केन्द्रित रहेर आयोजित सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, माल्दिस, जर्मनीलगायत मुलुकका राजनीति, आर्थिक, सामाजिक, वातावरणलगायतका क्षेत्रमा स्थापित, रुपान्तरणकारी एवं प्रभावशाली व्यक्तित्व समेत गरी करिब ४ सय जनाको सहभागिता रहेको थियो ।

सम्मेलनको समुद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले गर्नुभएको थियो । सम्मेलनमा सामाजिक र सूचना प्रविधि क्षेत्रमा उच्च योगदान पु¥याउनुभएका म्यागी डोइन र सोनिका मानन्धरलाई इन्स्पायरिङ ओमन अफ द इयरबाट सम्मान गरिएको थियो । यस्तै सम्मेलनमा उद्यमशीलता प्रबद्र्धनका लागि महिला उद्यमीहरुबाट उत्पादित स्वदेशी वस्तुहरुको प्रदर्शनी समेत गरिएको थियो ।

सुलभ अग्रवाल पक्राउ प्रकरण : कानुनी राज्यको अभ्यास कि निजी क्षेत्रमा त्रास ?

सुलभ अग्रवाल पक्राउ प्रकरण : कानुनी राज्यको...

वि.सं.२०८३ जेठ ४ सोमवार १२:३७

  सुरेन्द्र सुवेदी/काठमाडौ पछिल्लो समय नेपालका स्थापित उद्योगी, व्यवसायी र...

ऊर्जा मन्त्रालयको सक्रियता : १० हजारभन्दा बढी गुनासोको समाधान प्रक्रियामा तीव्रता

ऊर्जा मन्त्रालयको सक्रियता : १० हजारभन्दा बढी...

वि.सं.२०८३ जेठ ४ सोमवार १०:४१

काठमाडौं । जनगुनासो सुन्ने मात्र होइन, समाधानसम्म पुर्याउने संस्कृतिको खोजीमा...

कोरोला नाकाबाट दुई गाडी नियन्त्रणमा, एक लाख ‘भेप’ रहेको आशंका

कोरोला नाकाबाट दुई गाडी नियन्त्रणमा, एक लाख...

वि.सं.२०८३ जेठ २ शनिवार १६:५६

काठमाडौँ । भन्सार विभाग ले कोरोला नाकाबाट हिजो राति करिब...

व्यवसायी दीपक भट्ट पक्राउ प्रकरण : न्यायिक हिरासतदेखि राजनीतिक शक्ति संघर्षसम्मको गहिरो कथा

व्यवसायी दीपक भट्ट पक्राउ प्रकरण : न्यायिक...

वि.सं.२०८३ जेठ १ शुक्रवार २०:३९

काठमाडौं । नेपालमा कुनै समय राजनीतिक नेतृत्व, उच्च प्रशासन र...

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : अर्थसचिव उपाध्याय

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण :...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:४८

  काठमाडौँ । अर्थसचिव घनश्याम उपाध्यायले निजी क्षेत्रको आत्मबल बढाउनु...

नीति तथा कार्यक्रम सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक सुधार केन्द्रित : अर्थमन्त्री वाग्ले

नीति तथा कार्यक्रम सुशासन, भ्रष्टाचार नियन्त्रण र...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:१५

  काठमाडौं । अर्थमन्त्री स्वर्णीम वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷८४...