खाँडादेवी गाउँपालिका–१ राकाथुमको बेलपोखरी डाँडामा जिप दुर्घटना हुँदा एकको मृत्यु ७ जना घाइते
Sunday Apr 02, 2023
वि.सं.२०७९ चैत १९ आइतवार १०:०४
काठमाडौं । खाँडादेवी गाउँपालिका–१ राकाथुमको बेलपोखरी डाँडामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
दुर्घटनामा मृत्यु हुनेमा खाँडादेवी–७ का ३३ वर्षीय कर्मसिंह तामाङ रहेका छन् । घाइतेमध्ये दुई जनाको अवस्था भने गम्भीर रहेको छ, घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।
बा१६च ३८२५ नं को जिप सुनापति गाउँपालिकाको दिमीपोखरीबाट काठमाडौँ जाँदै गर्दा शनिबार साँझ दुर्घटना भएको प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिएका छन् । उनका अनुसार सो जिप सडकबाट करिब चार सय मिटर तल खसेको थियो ।




























