CG Electronics
IME Life
NIMB

लघुवित्तविरुद्ध चरणबद्ध आन्दोलनको घोषणा, वैशाख ५ गतेबाट आमरण अनसन बस्ने

NIMB
Himalayan Bank

 

काठमाडौँ । डेढ वर्षदेखि आन्दोलनरत लघुवित्त पीडितहरुले सरकारसँग न्यायको भाग गरेका छन्। उनीहरुले ५८ लाख दिदीबहिनी ‘मर्नु न बाँच्नु’ भएको बताएका छन्।

 

राजधानीको संवाद डबलीमा मंगलबार पत्रकार सम्मेलन गरी लघुवित्त पीडितहरुले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन्। ‘सरकार कि हामीहरुलाई मुक्ति देउ कि गोली हानिदेऊ’ भन्दै उनीहरुले थप संघर्षका कार्यक्रम घोषणा गरेका हुन्। कार्यक्रममा लुघुवित्तय संस्थाविरुद्धको संघर्ष समितिले अध्यक्ष मनिराम ज्ञावालीको नेतृत्वमा वैशाख ५ गतेदेखि आमरण अनसनको घोषणा गरेको छ। त्यस्तै, देशव्यापी रुपमा संघर्षलाई थप आक्रामक गर्ने उद्घोष गरिएका छन्।

 

चैत २१ देखि माइतीघर मण्डलामा अनसनरत पीडितहरुले लघुवित्तले आफूहरुलाई मर्नु न बाँच्नुको अवस्थामा पुर्याएको बताए। उनीहरुले आफूहरु घरमा बस्ने नसक्ने अवस्था सिर्जना भएको बताएका छन्।

यस्ता छन् थप संघर्षका कार्यक्रम

चैत २९ गतेदेखि वैशाख २ गतेसम्म वडा र स्थानीय तहहरुमा व्यापक विरोध प्रदर्शनका साथै ज्यादतीका विरुद्ध प्रतिरोध गर्ने।
२०८० साल वैशाख ३ र ४ गते राष्ट्रिय लोकमार्गहरुमा सडक बिस्तारमा सुत्ने।
वैशाख ५ गते अध्यक्ष मनिराम ज्ञवालीको नेतृत्वमा आमरण अनसन बस्ने।
पीडितलाई स्वतरुफूर्त रुपमा आमरण अनसन बस्ने लागि आह्वान गर्ने।
माग पूरा नभए वडा, स्थानीय तहहुँदै केन्द्रसम्म आन्दोलन सशक्त बनाउने।

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा उजूरी दिन आह्वान

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा...

वि.सं.२०८३ असार ३० मंगलवार १२:२८

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा कुनै...

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम बुद्धिमत्ता सुविधा र २४ महिनासम्मको किस्ता योजना

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम...

वि.सं.२०८३ असार ३० मंगलवार १२:१८

  काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए२७...

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्‍यो

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै...

वि.सं.२०८३ असार ३० मंगलवार १२:०४

  काठमाडौं । फोटोनले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा...

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको...

वि.सं.२०८३ असार ३० मंगलवार ११:५७

  दार्चुला, असार २९ — सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोग...

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...