चर्चित गायक प्रकाश सपुतको नयाँ गीत सकम्बरी डिसहोम एपमार्फत सार्वजनिक
Thursday Apr 13, 2023
वि.सं.२०७९ चैत ३० बिहीवार २३:३४
काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक प्रकाश सपुतको नयाँ गीत सकम्बरीु सार्वजनिक भएको छ । गायक सपुतले यो गीत डिसहोम गो एपुमार्फत एक्सक्लुसिभ रिलिज गरेका हुन् ।
हाल यो गीत डिसहोम गो एपमा मात्र उपलव्ध रहेको डिसहोमले जनाएको छ । यो गीत निस्शुल्क हेर्नका लागि प्ले स्टोर र एप स्टोरबाट डिसहोम गो एप डाउनलोड गर्नुपर्ने हुन्छ । यस एपमा लाइभ टीभीलगायत नेपाली सिनेमा, सिरिज, सर्ट मुभिज तथा अन्य थुप्रै लोकप्रिय विदेशी कन्टेन्टहरू पनि हेर्न सकिने कम्पनीले जनाएको छ ।

























