CG Electronics
IME Life
NIMB

महालेखाको ६०औं लेखा परिक्षण प्रतिवेदन सार्वजनिक हुँदै, १ खर्ब १९ अर्ब बेरुजु थपियो

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाडौं । महालेखा परिक्षकको कार्यालयले आर्थिक वर्ष ०७८–७९ को लेखा परिक्षण प्रतिवेदन सार्वजनिक गर्दैछ । बबर महलस्थित महालेखा परिक्षणको कार्यालयमा कार्यालयले ६० औं प्रतिवेदन सार्वजनिक गर्न लागेको हो ।

कार्यालयले बिहीवार नै राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिवेदन बुझाई सकेको छ । प्रतिवेदनअनुसार आव ०७८–७९ को कुल बेरुजु १ खर्ब १९ अर्ब ७७ करोड रुपैयाँ रहेको छ । यो परिमाण संघ, प्रदेश र स्थानीय सरकारको एक मुष्ट हो । महालेखा परिक्षक कार्यालयका प्रवक्ता रबिन्द्रप्रसाद देवकोटाले आव ०७८–७९ को लेखा परिक्षण प्रतिवेदन सार्वजनिक गर्न लागिएको बताए ।

उनले भने,‘परिक्षकको कार्यालयले आव ०७८–७९ को लेखा परिक्षण प्रतिवेदन तयार गरेको छ । प्रतिवेदन आजै राष्ट्रिपति समक्ष पेश भएको छ । सोही प्रतिवदेन अहिले सार्वजनिक गर्न लागिएको हो । हामी त्यसैको तयारीमा छौं ।’

कार्यालयका अनुसार संघीय सरकारी कार्यालयको बेरूजु ५६ अर्ब ३१ करोड, प्रदेशमा ७ अर्ब २० करोड र स्थानीय तहमा ४२ अर्ब ८८ करोड र समिति तथा अन्य संस्थाको ११ अर्ब ९७ करोड बेरुजु रहेको छ ।

कार्यालयले यस वर्ष ६ हजार ५४६ सरकारी निकायको ७१ खर्ब ३८ अर्ब १६ करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरिएको थियो । यस वर्ष बेरुजु प्रतिशत १।६८ प्रतिशत देखिएको छ । अब कुल बेरुजु रकम ५ अर्ब ८७ अर्ब ३३ करोड पुगेको छ ।

 

 

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष शिक्षा र प्राविधिक अध्ययनमा जोड

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०४

काठमाडौँ — नेपाली सेनाको सैनिक कल्याणकारी कोषले शिक्षा क्षेत्रमा गरेको...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत काम भएको छैन : अर्थमन्त्री डा वाग्ले

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत...

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०९

  आर्थिक विधेयकमा देखिएका कतिपय प्राविधिक अस्पष्टता र त्रुटिहरूलाई पूर्ण...

मोक्सी काठमाडौंमा डेभिड मेरियटको अविस्मरणीय भ्रमण

मोक्सी काठमाडौंमा डेभिड मेरियटको अविस्मरणीय भ्रमण

वि.सं.२०८३ जेठ २८ बिहीवार १०:०५

काठमाडौं, नेपाल – ८ जुन २०२६ – हालै होटल भ्रमणका...

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी : प्रतिबद्धता पत्र सार्वजनिक

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी :...

वि.सं.२०८३ जेठ २८ बिहीवार ०९:४७

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को...