सोमबार भएको छुट्टाछुट्टै सडक दुर्घटनामा तीन जनाको मृत्यु
Monday Apr 17, 2023
वि.सं.२०८० वैशाख ४ सोमवार १९:२५
काठमाडौं । सोमबार भएको छुट्टाछुट्टै सडक दुर्घटनामा तीन जनाको ज्यान गएको छ ।
दाङको घोराही उपमहानगरपालिकामा सोमबार दिउँसो भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका ११ खैरा चोकमा घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकले लु ७३ प ११६२ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १७ वर्षीय गोपाल विक ९सुदन० को घटनास्थलमै र मोटरसाइकल चालक उपमहानगरपालिका ११ का २६ वर्षीय सन्देश बस्नेतको उपचारको क्रममा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको प्रहरीले बताएको छ ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
त्यस्तै, बर्दियाको मधुवन नगरपालिका ५ ढोढरीबाट गुलरियातर्फ जाँदै गरेको भे १ क १८१४ नम्बरको टिपरको ठक्करबाट पैदलयात्रीको घटना स्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा मधुवन नगरपालिका ५का ७० वर्षीय लाल बहादुर भाट रहेको प्रहरीले जानकारी दिएको छ ।
टिपर चालकलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि प्रकृया थालेको प्रहरीको भनाई छ।

























