मलेसिया पठाउने भन्दै गठी गर्ने एक महिला पक्राउ
Monday Apr 17, 2023
वि.सं.२०८० वैशाख ४ सोमवार १९:२९
काठमाडौं । मलेसिया पठाईदिन्छु भन्दै गठी गर्ने एक महिला पक्राउ परेकी छिन् ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १० बानेश्वर थापागाउँ बस्ने ५१ वर्र्षीया विमला थापा रहेको प्रहरीले जनाएको छ ।
वैदेशिक रोजगारीको लागि मलेसिया पठाईदिन्छु, राम्रो कम्पनीमा काम लगाईदिन्छु भन्दै पीडितलाई प्रलोभनमा पारी रकम लिई ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले जनाएको छ ।
वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि खटिएको प्रहरीले उनलाई काठमाडौं बानेश्वर थापागाउँबाट पक्राउ गरेको हो ।
उनी माथि थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको छ।

























