CG Electronics
IME Life
NIMB

मेक इन नेपाल स्वदेशी अभियानमा आवद्ध सदस्यहरुबीच छलफल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाडौं । नेपाल उद्योग परिसंघले मेक इन नेपाल स्वदेशी अभियानमा आबद्ध सदस्यहरुमार्फत स्वदेशी सदस्यहरुको समस्या एवं समाधानका विषयमा छलफल आयोजना गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय र राष्ट्रिय योजना आयोगका सचिवहरुको उपस्थितीमा आइतबार राजधानीमा भएको स्वदेशी मिट एण्ड ग्रीट कार्यक्रममा स्वदेशी अभियानमा आबद्ध सदस्यहरुले स्वदेशी उद्योगहरुको समस्या एवं प्रबद्र्धनका लागि चालिनुपर्ने नीतिगत विषयमा सुझाव प्रस्तुत गरे ।

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्वदेशी वस्तुहरुको खपत बढाउनुपर्ने बताउनुभयो । उहाँले हालको चुनौतीपूर्ण अर्थतन्त्रमा सकारात्मक वातावरण निर्माण गर्न, उद्योगी व्यवसायीहरुमा उत्साहप्रद वातावरण बनाउन निजी क्षेत्रको तर्फबाट परिसंघ लागि परेको बताउनुभयो । त्यसको एउटा महत्वपूर्ण उदाहरण मेक इन नेपाल स्वदेशी अभियान भएको उहाँले बताउनुभयो ।

अर्थतन्त्रमा हाल आएको उच्च संकुचनले उद्योगी व्यवसायीहरुलाई हतोत्साहित बनाएको भन्नुहुँदै अध्यक्ष अग्रवालले मेक इन नेपाल स्वदेशी अभियानमा आबद्ध सदस्यहरुलाई स्वदेशीको सामूहिक लोगो प्रयोग गरेर निर्यात गर्दा थप एक प्रतिशत नगद अनुदान गर्न आग्रह गर्नुभयो । परिसंघले स्वदेशीको सामूहिक टे«ड मार्कका लागि आवश्यक पहल थालिसकेको छ ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव डा. तोय नारायण ज्ञवालीले स्वदेशी वस्तुहरुको प्रयोग बढाउँदै निर्यात प्रबद्र्धन एवं आयात प्रतिस्थापनका लागि मेक इन नेपाल स्वदेशी अभियान महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले स्वदेशी उद्योगहरुको प्रबद्र्धनका लागि अवैध कारोबार रोक्नुपर्ने, कच्चा पदार्थ र तयारी वस्तुको भन्सार दर थप फरक पार्नुपर्ने सुझाव कार्यान्वयनमा सहयोग गर्ने बताउनुभयो । उहाँले स्वदेशी उद्योगहरुको प्रबद्र्धनका लागि आगामी बजेटमार्फत गरिनुपर्ने सम्बोधनका विषयमा सुझाव दिन आग्रह गर्नुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव अर्जुन पोखरेलले आर्थिक संमृद्धिका लागि निजी क्षेत्रसँगको समन्वय अपरिहार्य रहेको बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका सचिव केवल प्रसाद भण्डारीले कुल ग्राहस्थ्य उत्पादन (जीडीपी) मा उद्योग क्षेत्रको योगदान घटेर ५ प्रतिशतमा झरेको भन्नुहुँदै जीडीपीमा उद्योग क्षेत्रको योगदान बढाउने गरी काम गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले मेक इन नेपाल स्वदेशीको सामूहिक टे«ड मार्क दिने प्रक्रिया जतिसक्दो चाँडो टुंगोमा पुर्याइने बताउनुभयो । कार्यक्रममा स्वदेशी सदस्यहरुले उठाएका ड्यूटी ड्र ब्याकमा देखिएको समस्या आगामी बजेटमार्फत सम्बोधन हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले उद्योग दर्ता र प्रत्यक्ष वैदेशिक लगानीको अनुमतीमा उल्लेख्य सुधार ल्याई तदारुकताका साथ विना अवरोध उद्योग दर्ता र एफडीआईको अनुमतीलाई सरलिकरण गरेको बताउनुभयो ।

नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष राजेशकुमार अग्रवाल, उपाध्यक्ष हेमराज ढकालले नेपाल सरकार समेतको सहभागितामा नेपाल उद्योग परिसंघले संचालन गरेको मेक इन नेपाल स्वदेशी अभियानमा सहभागी स्वदेशी उद्योगी व्यवसायीहरुको समस्या, ठोस रुपमा समाधानको उपायसहित सदस्यहरुबीच नेटवर्किङ गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

स्वदेशी वस्तुहरुको अधिकतम प्रयोग, प्रयोगका लागि प्रोत्साहन गर्ने नीतिले अर्थतन्त्रलाई बलियो बनाउने भन्नुहुँदै आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि उपभोग शैली पनि स्वदेशी बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा स्वदेशीका सदस्यहरुबीचको वस्तु खरिद आदान प्रदान गर्ने, स्वदेशीका वस्तुबारे आम उपभोक्तालाई सहज एवं सरल रुपमा जानकारी गराउने उद्देश्यले बीटूबी वेभसाइटको लन्च गरिएको छ । उद्योग सचिव डा. ज्ञवाली र परिसंघका अध्यक्ष अग्रवालले संयुक्त रुपमा वेभसाइट शुभारम्भ गर्नुभयो ।

कार्यक्रममा जुत्ता चप्पल उद्योग, मदिरा उद्योग, सूचना प्रविधि, स्टील तथा आल्मुनियम उद्योग, पेन्ट उद्योगका स्वदेशी सदस्यहरुले उद्योगहरुले भागिरहेको समस्या र समाधानका विषयमा प्रस्तुतीकरण दिनुभएको थियो ।

 

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत सुधारमार्फत महिला उद्यमीको सशक्तीकरणमा जोड

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत...

वि.सं.२०८३ असार १ सोमवार २३:००

  काठमाण्डौ— उद्यमी महासङ्घ नेपाल (एफवेन) को नेतृत्वमा ‘अन्तर्राष्ट्रिय महिला...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...