नेपालमा मलेरियाको समस्या सुधारोन्मुख छ : डाक्टर ओझा (अन्तरवार्ता)
Tuesday Apr 25, 2023
वि.सं.२०८० वैशाख १२ मंगलवार २२:०४
काठमाडौं । आज विश्व औलो अर्थात मलेरिया दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ । ‘औलो हटाउन तयार छौ’ नाराका साथ आज यो दिवस मनाइएको हो ।
यस रोगबारे जनचेतना फैलाउने उद्देश्यका साथ प्रत्येक वर्ष अप्रिल २५ का दिन विश्वभर विविध कार्यक्रम गरेर यो दिवस मनाउने गरिन्छ ।
नेपालमा यो रोगको अवस्था सुधारोन्मुख रहेको इपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका उप निर्देशक डाक्टर हेमन्त ओझाको भनाई छ ।
























