CG Electronics
IME Life
NIMB

सांसद महतोलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले संसद सचिवालयलाई पुन : पठायो पत्र

NIMB
Himalayan Bank

 

काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले दोस्रो पटक सभामुखलाई सम्बोधन गरेर संघीय संसद सचिवालयलाई पत्र लेखेको छ ।

आइतवार फरार कोइरीलाई पक्राउ गर्नका लागि सभामुखलाई जानकारी गराएको प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले जानकारी दिए ।

‘सांसद कोइरीलाई पुर्पक्षमा राखेर कारबाही गर्नु भन्ने अदालतको आदेश छ । त्यो जानकारी राखेर सभामुखलाई हामीले पत्राचार गरेका हौं ।’ कडायतले भने ।

यसअघिगत पुष ७ गते सांसद कोइरी फरार रहेको भनी प्रहरी प्रधान कार्यालयले संसद सचिवालयका महासचिवलाई सम्बोधन गरेर पत्र पठाएको थियो ।

‘‘निज लक्ष्मी महतो सम्मानित महोत्तरी जिल्ला अदालत जलेश्वरमा हालसम्म पनि हाजिर हुन नआई फरार रहेको व्यहोरा जानकारीका लागि सादर अनुरोध गरिएको भनी जिल्ला प्रहरी कार्यालय महोत्तरीको च. नं ३६१५ मिति २०७९/०९/०७ गतेको पत्र प्राप्त भएको हुँदा २०७७/०८१९ गते सम्मानित उच्च अदालत जनकपुरबाट भएको आदेश कार्यान्वयन गर्ने सम्बन्धमा आवश्यक सहयोग गरिदिने व्यवस्था हुन सादर अनुरोध गरिएको छ’ डीआईजी रोकप्रसाद राईले संघीय संसद सचिवालयलाई लेखेको पत्रमा उल्लेख गरिएको छ ।

कोइरीलाई पक्राउ गर्न २०७७ साल मैसिर १९ गते उच्च अदालत जनकपुरले पक्राउ गर्न आदेश दिएको थियो । कोइरी गत मंसिर चार गतेको आम निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।

 

उनलाई २०७२ साल भदौ पाँच गते थमन बिकलाई घेरा हालेर कुटपिट गरी हत्या गरेको अभियोग पुष्टि भएपछि अदालतले कारबाही गर्न आदेश दिएको थियो ।

 

 

 

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई दिने कार्याशाला शुरु

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई...

वि.सं.२०८३ असार १३ शनिवार १८:०८

  सिमरा, बारा । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा...

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...