CG Electronics
IME Life
Ncell NPL

औद्योगिकरणको उचित विकास बिना दिगो आर्थिक वृद्धि तथा समृद्धि सम्भव हुदैन : मन्त्री रिजाल

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले आत्मनिर्भर अर्थतन्त्रका लागि औद्योगिक पूर्वाधार प्रति सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।

मंगलबार मेक इन नेपाल स्वदेशी सम्मेलनको उद्घाटन गर्दै मन्त्री रिजालले लगानी मैत्री औद्योगिक वातावरणको निर्माण, आत्मनिर्भर अर्थतन्त्रका लागि औद्योगिक पूर्वाधार र समृद्धिका लागि प्राकृतिक श्रोतको सदुपयोगको लागि आवश्यक वातावरण बनाउनका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताउनु भएको हो ।

आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्रबीच समन्वय एवम् सहकार्य थप प्रभावकारी रूपमा हुन आवश्यक रहेको बताउदै मन्त्री रिजालले औद्योगिकरणको उचित विकास बिना दिगो आर्थिक वृद्धि तथा समृद्धि सम्भव नरहने बताउनु भयो ।

औद्योगिकरणको विकास तथा प्रवर्द्धनका लागि नीतिगत सुधार, आवश्यक वातावरण निर्माण प्रतिस्पर्धात्मक क्षमताको विकास, दक्षता अभिवृद्धि र स्वदेशी वस्तुहरूको उत्पादन उपभोग र निर्यात प्रवर्द्धनको वातावरण निर्माण लगायतका क्षेत्रमा मन्त्रालयले प्रभावकारी भूमिका निभाउने भन्दै मन्त्री रिजालले प्रतिवद्धता ब्यक्त गर्नु भयो ।

स्वदेशी वस्तुको उत्पादन, प्रवर्द्धन एवम् निर्यात बढाउन गरिनुपर्ने नीतिगत तथा व्यावहारिक पक्षका सम्बन्धमा सम्मेलनबाट आउने सुझावहरू तथा प्रतिक्रियालाई सरकारले गम्भिरतापूर्वक लिने मन्त्री रिजालले स्पष्ट पार्नु भयो ।

त्यसैगरी मन्त्री रिजालले नेपालमा औद्योगिकरणको विकास तथा प्रवर्द्धनका लागि नीतिगत सुधार, आवश्यक वातावरण निर्माण प्रतिष्प्रधात्मक क्षमताको विकास, दक्षता अभिवृद्धि र स्वदेशी वस्तुहरूको उत्पादन उपभोग र निर्यात प्रवर्द्धनको वातावरण निर्माण लगायतका क्षेत्रमा मन्त्रालयले प्रभावकारी भूमिका निभाउने भन्दै बिश्वास दिलाउ भयो । यसका लागि नेपाल उद्योग परिसंघसँग घनिष्ट तथा थप प्रभावकारी सहकार्य भइरहेको भन्दै मन्त्री रिजालले भविष्यमा पनि निरन्तर सहकार्य हुने बताउनु भयो ।

निजी क्षेत्रको उचित मागको सम्वोधन गरी यस क्षेत्रमा विद्यमान समस्या समाधान गर्न तथा आवश्यक सहकार्य तथा समन्वय गर्न नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको बताउदै मन्त्री रिजालले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योगीहरूको अभिभावकको रूपमा काम गरिरहेको स्पष्ट पार्नु भयो ।

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र १५९ मेगावाट : इपान उपाध्यक्ष डाँगी

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र...

वि.सं.२०८३ वैशाख ९ बुधवार २३:२९

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का...

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:१०

  काठमाडौं । खाद्यका लागि कृषि अभियानले नेपाल सरकारले हालै...

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री वडा” घोषणा

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री...

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४६

  सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ३ (जब्दी)...

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट राजीनामा

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट...

वि.सं.२०८३ वैशाख ९ बुधवार १४:५४

  काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका...

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन,...

वि.सं.२०८३ वैशाख ९ बुधवार १०:३४

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका...

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम राष्ट्रिय सम्मेलन आयोजना

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १८:०९

  काठमाडौं । “भाषा र संस्कृति हाम्रो पहिचान, वंश र...