कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका लागि ५८ अर्ब ९८ करोड बजेट विनियोजन
Monday May 29, 2023
वि.सं.२०८० जेठ १५ सोमवार १८:४०
काठमाडौं । सरकारले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका लागि ५८ अर्ब ९८ करोड बजेट विनियोजन गरेको छ ।
गत आर्थिक वर्षसम्म कुल ग्राहस्थ उत्पादन (जीडीपी)मा २४.७ प्रतिशत रहेको कृषि क्षेत्रको योगदान चालु आर्थिक वर्षमा आइपुग्दा २४.१ प्रतिशतमा झर्ने अनुमान सार्वजनिक भइरहेको बेला सरकारले आगामी वर्ष जीडीपीमा कृषि क्षेत्रको योगदान बढ्ने सरकारको अपेक्षा गरेको अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले बताए ।
सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०÷८१ को बजेट तयार पारेको अर्थमन्त्री डा महतले बताए ।























