CG Electronics
IME Life
NIMB

अत्यधिक विद्युत खपत भइरहेका बेला भार प्रेषण केन्द्रमा उर्जामन्त्रीको अनुगमन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं, ५ असार । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बस्नेतले नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित भार प्रेषण केन्द्र पुगेर देशभरी विद्युत आपूर्तिको अवस्था बारेमा निरीक्षण तथा अनुगमन गर्नुभएको छ ।

गर्मी बढेर उर्जाको अत्यधिक खपत भइरहेका बेला उर्जामन्त्री बस्नेत मंगलबार साँझ भार प्रेषण केन्द्रमा पुगी देशभरीको विद्युतको खपत र आपूर्ती व्यवस्थापनका विषयमा जानकारी लिनुभएको हो ।

सो क्रममा मन्त्री बस्नेतलाई नेपाल विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङ सहकार्यकारी निर्देशक सहितले देशभरको भारत प्रेषणको रियल टायम कन्ट्रोल सिस्टमका बारेमा जानकारी गराउनुभएको थियो ।

उर्जामन्त्री बस्नेतले विद्युत विद्युत उत्पादनको अवस्था, प्रशारण लाइनहरुको अवस्था र ग्रीड सब स्टेशनहरुको अवस्थाका बारेमा पनि जानकारी लिनुभयो । मन्त्री बस्नेतलाई हाल देशका कुन कुन आयोजनाबाट कति उर्जा उत्पादन भइरहेको छ र उक्त उर्जा कसरी वितरण भइरहेको छ भन्ने बारेमा प्राधिकरणका महानिर्देशक घिसिङ सहितको टोलीले रियल टाइम मोनिटरिङ सिस्टम नै देखाएर जानकारी गराउनुभयो ।

भार प्रेषण केन्द्रले देशभरको विद्युत् आपूर्ति, माग र वितरणको व्यवस्थापनको काम गर्छ । अत्याधुनिक प्रविधि जडित केन्द्रबाट प्राधिकरण र निजी क्षेत्रको कुन विद्युत् गृहबाट कति विद्युत् उत्पादन भइरहेको छ, भारतबाट कति आयात भइरहेको छ र कुन क्षेत्रमा कति माग र आपूर्ती छ भन्नेबारे प्रत्यक्ष डाटा हेर्न सकिन्छ ।

हाल देशमा प्रशारण लाइनहरु प्रयाप्त मात्रामा बन्न नसक्दा उच्च विद्युत माग भएका औद्योगिक केन्द्रसहितका क्षेत्रहरुमा विद्युत पु¥याउन नसकिएको र पहाडी क्षेत्रका जलविद्युत आयोजनाहरुमा केही आयोजनाहरु कम क्षमतामा चलाउनु परिरहेको छ । प्रशारण लाइन बनाउन विभिन्न अवरोधहरु देखिदै आएका छन् । जसका कारण भार सन्तुलन मिलाउन नेपाल विद्युत प्राधिकरणले कतिपय ठाउँमा भारतबाट विद्युत आपूर्ती गरिरहेको छ भने नेपालबाट भारतमा २५० देखि ३०० मेघावाट बराबरको विद्युत दैनिक भारतलाई बिक्री गरिरहेको छ ।

भार प्रेषण केन्द्रको निरिक्षणका क्रममा मन्त्री बस्नेतले अब प्रशारण लाइनहरुलाई यथाशक्य चाँडो निर्माण गर्ने गरी योजना बनाउन निर्देशन दिनुभयो । त्यसका लागि केही महिना भित्रमा समाधान गर्न सकिन अल्पकालिन योजना र केही वर्षभित्र गरिसक्ने दीर्घकालीन योजना बनाइ अघि बढ्न पनि निर्देशन दिनुभयो । त्यसका लागि मन्त्री बस्नेतले बुधवार नै प्राधिकरण र मन्त्रालयका उच्च अधिकारीसहितको बैठक बोलाउनुभएको छ ।

मन्त्री बस्नेतले नेपालमा हाल धेरै जलविद्युत आयोजनाहरु बन्दै गरेकोले उर्जा उत्पादन धेरै हुने हुँदा विद्युतको निर्यातका अलावा देशभित्रै खपत बढाउन सकिने कार्ययोजनाहरु बनाउनुपर्ने बताउनुभयो । त्यसका लागि उर्जा उत्पादन हुने केन्द्र नजिकका क्षेत्रहरुमै कतिपय उद्योगहरु स्थापना गर्न सकिने र त्यहाँसम्म यातायातको सहज पहुँच बनाउने गरी अरु थप योजना बनाउनुपर्नेमा पनि जोड दिनुभयो ।

प्राधिकरणका महानिर्देशक घिसिङका अनुसार अहिले दैनिक २ हजार मेघावाट बराबरको विद्युत खपत भइरहेको बताउनुभयो ।

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत सुधारमार्फत महिला उद्यमीको सशक्तीकरणमा जोड

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत...

वि.सं.२०८३ असार १ सोमवार २३:००

  काठमाण्डौ— उद्यमी महासङ्घ नेपाल (एफवेन) को नेतृत्वमा ‘अन्तर्राष्ट्रिय महिला...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...