CG Electronics
IME Life
NIMB

बजेट परिमार्जन हुनुपर्छ : माओवादी सांसद शर्मा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । माओवादी केन्द्रकी सांसद नारायणी शर्माले बजेटले जनताका गुनासाहरूलाई सम्बोधन गर्नुपर्ने बताएकी छन् । उनले जनताका भावनाअनुसार अर्थ मन्त्रालयले बजेट परिमार्जित गरेर जानुपर्ने धारणा राखिन् ।

मङ्गलवार विनियोजन विधेयक, २०८० अन्तर्गत अर्थ, सहरी विकास, खानेपानी र श्रम तथा रोजगार मन्त्रालयको विषयगत बजेटमाथिको छलफलका क्रममा शर्माले यस्तो बताएकी हुन् ।

उनले भनिन्, ‘अहिलेको बजेट व्यवस्थापनको हिसाबले हेर्दा अझै केही मिल्न सकिराखेको छैन । यसलाई अर्थ मन्त्रालयले केही परिमार्जित गरेर र मिलाएर गुनासाहरूलाई सम्बोधन गरेर जानुपर्छ । यो कुरा जनस्तरमा समेत व्याप्तरुपमा चलेको छ र यो आवश्यक पनि छ ।’

शर्माले अर्थ मन्त्रालय देशको समग्र आर्थिक भविष्यसँग जोडिएको मन्त्रालय भएको उल्लेख गर्दै मन्त्रालयले उठेका गुनासाहरूको सम्बोधन गर्नुपर्ने धारणा राखिन् ।

यस्तै अनौपचारिक करहरू बढेको गुनासो बढेको उल्लेख गर्दै सांसद शर्माले यसमा सुधार गर्ने ठाउँ छ भने सुधारेर जानु हितकर हुने धारणा राखिन् ।

शर्माले सबै जिल्लालाई समानुपातिक ढङ्गले बजेटको व्यवस्था हुनुपर्नेमा पनि जोड दिइन् । उनले भनिन्, ‘आवश्यकताको आधारमा बजेट विनियोजन हुनुपर्छ ।’

शर्माले देशमा रोजगारीको अभावमा लाखौँ नेपाली बर्सेनि बिदेसिन बाध्य रहेको उल्लेख गर्दै उनीहरूलाई स्वदेशमै रोक्ने नीति नै अहिलेको आवश्यकता भएको बताइन् । यस्तै बिदेसिन बाध्य श्रमिकको सुरक्षामा ध्यान दिँदै श्रम तथा रोजगारलाई व्यवस्थित र भरपर्दो बनाउनु अहिलेको आवश्यकता भएको पनि बताइन् ।

वैदेशिक रोजगारीको समस्या समाधानका साथसाथै मर्यादित रोजगारीका लागि थप पहल र बजेट व्यवस्थापन हुन जरुरी रहेको उनले धारणा राखिन् ।

यस्तै सामाजिक सुरक्षाको दायरा वृद्धि गर्दै जनतालाई आश्वस्त तुल्याउने गरी कार्यक्रम आउनुपर्नेमा पनि जोड दिइन् । ‘कोखदेखि शोकसम्म भन्ने नारालाई सार्थक बनाउने गरी कार्यक्रम आउनुपर्छ’, उनले भनिन्, ‘छात्रवृत्ति, स्वास्थ्योपचार, स्वास्थ्य बिमा लगायतका क्षेत्रमा प्रदान गरिएका सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाइनुपर्छ ।’

यस्तै सुरक्षित, स्वच्छ, व्यवस्थित र आर्थिक रूपमा गतिशील सहर निर्माणका लागि गुणस्तरीय पूर्वाधार सेवा तथा सुविधा उपलब्ध हुने गरी सहर विकास गर्न बजेट केन्द्रित गरिनु सकारात्मक रहेको उनले बताइन् ।

तर, सहर विकास गदै गर्दा व्यवस्थित र योजनाबद्ध हुनुपर्नेमा उनले जोड दिइन् । ‘नत्र १०–१२ वर्षदेखि जसरी योजना थन्किरहेका छन्, फेरि पनि उही अवस्था आइरहन्छ’, उनले भनिन् ।

यस्तै सहर क्षेत्रमा प्रदूषणको समस्या विकराल बन्दै गएको भन्दै उनले वातावरण सन्तुलनलाई पनि ध्यान दिएर अघि बढिनुपर्नेमा जोड दिइन् ।

यस्तै खानेपानीको स्रोत बचाउन वृक्षारोपणसहितका कार्यक्रम गर्नुपर्ने, देशभर शुद्ध पानीको वितरण गर्नुपर्ने, मेलम्चीलाई व्यवस्थित बनाएर उपत्यकावासीलाई सहज पानीको आपूर्ति गरिनुपर्नेलगायतमा पनि उनले जोड दिइन् ।

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत सुधारमार्फत महिला उद्यमीको सशक्तीकरणमा जोड

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत...

वि.सं.२०८३ असार १ सोमवार २३:००

  काठमाण्डौ— उद्यमी महासङ्घ नेपाल (एफवेन) को नेतृत्वमा ‘अन्तर्राष्ट्रिय महिला...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...