भ्रष्टाचारको छानविन सत्ता बार्गेनिङका लागि नहोस् : नेता पन्त
Sunday Jul 02, 2023
वि.सं.२०८० असार १७ आइतवार २१:४९
काठमाडौं । सांसद रघुजी पन्तले, ललिता निवास प्रकरण सत्ता बार्गेनिङका लागि हुन सक्ने टिप्पणी गरेका छन् ।
आईतबार प्रतिनीधिसभाको बैठक पछि पत्रकारहरुसंग कुरा गर्दै उनले भ्रष्टाचारको फाइल खोलेर कारवाही गर्नु रामै्र कुरा भएपनि यो साँच्चै कारबाहीका लागि हो की बार्गेनिङका लागि हो भन्नेमा शंका व्यक्त गरे ।
‘फाईल खोल्नु राम्रै हो कारवाही गर्नु राम्रै हो भ्रष्टचारीहरुलाई कारवाही गर्नुपर्ने कुरामा कसको दुईमत होला र ।’ उनले भने ‘तर यो सांच्चै अब कारवाही गर्न हो की बाग्रेनिङ गर्न हो थाहा छैन । उहाँहरुको आफ्नो सत्तागठबन्धन भित्रको छिनाझपटीको अथवा त्यहाँ भित्र कसैलाई फसाउँन थर्काउनको लागि हो भने त्यसको औचित्य छैन् ।
त्यो विधी सम्वत् हुनुपर्छ।’
उनले नेपाल कुनै जातजातिको पेवा नभएको भन्दै प्रदेशहरु पनि कुनै जाति वा समुदाय विषेशको नाममा बन्न जरुरी नभएको बताए ।
चाहे प्रधानमन्त्री, मन्त्री, चाहे जुन महानगरपालीकाका मेयर होस जो कोहीले पनि आफ्नो क्षेत्र भित्र काम गर्दा भएको ऐन कानून भित्र रहेर काम गर्नु पर्ने उनको भनाई छ ।
त्यसै गरि सांसद छविलाल विश्वकर्माले पनि सत्तापक्ष जतिवेला देशहीत र जनहीत विपरित लाग्छन त्यसमा आफ्नो पार्टीले खबरदारी गर्ने बताए ।
उनले भने ‘हामीले आफ्नो पार्टी संगठनलाई व्यवस्थित गर्ने आमजनताका सरोकारका विषयहरुको प्रतिनिधि बनेर त्यसलाई अगाडि सार्ने र यो गठबन्धनको सत्तापक्ष जतिबेला देशहीत र जनहीत विरुद्धमा यो लाग्छ त्यती वेला खवरदारि गर्ने विषयमा हामी अगाडी बढ्छौं ।
























