CG Electronics
IME Life
NIMB

एक्सेल डेभलपमेन्ट बैंकको सत्रौं वार्षिक साधारणसभा सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

विर्तामोड । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको सत्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज शनिवार सिदार्थ होटल ग्राण्ड सिटी, बिर्तामोडमा संचालक समितिका अध्यक्ष महेन्द्र कुमार गोयलको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको बैंकले जनाएको छ ।

सत्रौं वार्षिक साधारणसभाले सस्थापक समूहका शेयरधनीहरु मध्येबाट ३ जना सञ्चालकहरुमा महेन्द्र कुमार गोयल, राजन शर्मा र अमित कुमार अग्रवाललाई निर्वाचित गरेको छ । उक्त सभामा पूर्व संचालक तथा संस्थापक शेयरधनी गणेश प्रसाद खनाललाई सम्मान गरिएको छ । प्रादेशिक बैंकको रुपमा झापा जिल्लाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको सो बैंकको कार्यक्षेत्र कोशी प्रदेश रहेकोमा हाल झापा, इलाम, मोरङ, पाँचथर र सुनसरीका विभिन्न ४४ स्थानमा अवस्थित आफ्ना कार्यालयहरु मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

चाँडै नै उदयपुर जिल्लाको रामपुरमा शाखा खोलिने बैंकले जनाएको छ । आगामी दिनमा कोशी प्रदेशका अन्य जिल्लाहरुमा समेत शाखा विस्तार गर्दै लैजाने नीति बैंकले लिएको छ ।

यस वैंकको हालसम्म कर्जा लगानी करिब १० अर्व ८० करोड र निक्षेप संकलन १३ अर्व २५ करोड रहेको छ । सञ्चालक समितिका अध्यक्ष श्री महेन्द्र कुमार गोयलले उदघाट्न गरेको उक्त सभामा स्वागत मन्तव्य सञ्चालक राजन शर्माले र सभामा सहभागीहरुलाई सहभागिताका लागि धन्यवाद मन्तव्य संचालक पर्शुराम दाहालले गरेका थिए । कार्यक्रम संचालन कम्पनी सचिव श्यामबहादुर बोहोराले गरेका थिए ।

सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत डा। ईन्द्रकुमार कट्टेलले बैंकका वर्तमान गतिविधि र भावी लक्ष्यको बारेमा मन्तव्य राखेका थिए भने संस्थापक शेयरधनीहरु सुरेश कुमार अग्रवाल र गणेश प्रसाद खनालले बैंकको उन्नति तथा प्रगतिका लागि शुभकामना मन्तव्य राखेका थिए ।

एमएडब्लू राइड्स प्रा.लि. द्वारा यामाहा सेल्स स्किल कन्टेस्टका क्षेत्रीय विजेताहरूको घोषणा गर्दै राष्ट्रिय प्रतिस्पर्धाको तयारी सुरु

एमएडब्लू राइड्स प्रा.लि. द्वारा यामाहा सेल्स स्किल...

वि.सं.२०८३ जेठ १७ आइतवार २२:४१

  नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले...

ओमोडा ई५ प्रोको आकर्षक अफर : पहिलो ५० ग्राहकलाई ४९.९९ लाखमै उपलब्ध

ओमोडा ई५ प्रोको आकर्षक अफर : पहिलो...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:५०

  नेपालका लागि ओमोडा एन्ड जेकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले...

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको निष्कर्ष

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको...

वि.सं.२०८३ जेठ १७ आइतवार १२:५६

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

बजेटपछि विद्युतीय गाडी महँगिने, मूल्य १ लाखदेखि ४० लाख रुपैयाँसम्म बढ्न सक्ने

बजेटपछि विद्युतीय गाडी महँगिने, मूल्य १ लाखदेखि...

वि.सं.२०८३ जेठ १७ आइतवार ११:३८

  सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युतीय सवारी...

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वि.सं.२०८३ जेठ १७ आइतवार १०:१०

६२ वर्षदेखि नेपालको अटोमोबाइल क्षेत्रमा सक्रिय प्रतिष्ठित व्यावसायिक घराना वैद्य...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...