CG Electronics
IME Life
NIMB

एनआरएन अष्ट्रेलियाको अध्यक्षका उम्मेदवार पोखरेलले गरे युवा समूहकै उम्मेदवारी घोषणा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

गैरआवासीय नेपाली संघ (एनआरएन) अस्ट्रेलियाको अध्यक्ष पदका उम्मेदवार अनिल पोखरेलले आसन्न निर्वाचनका लागि आफ्नो समूहमा रहेका युवा उम्मेदवारहरू घोषणा गरेका छन् ।

आगामी जुलाई २९ मा हुने चुनावका लागि उनले समूहकै उम्मेदवारी घोषणा गरेका हुन् । उनको समूहमा राष्ट्रिय टिमको महासचिव पदमा सन्तोष कुँवर र सचिवमा थिर बहादुर गुरुङले उम्मेदवारी घोषणा गरेका छन् ।

 

यस्तै सहकोषाध्यक्षका लागि रोजी पन्त र युथ कोअर्डिनेटरमा अर्जुन गौतमले उम्मेदवारी घोषणा गरेका छन् ।
अध्यक्ष पदका उम्मेदवार पोखरेलले अनुभवी एवम् विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका सारथीहरू लिएर चुनावमा होमिएका हुन् ।

स्टेट कोअर्डिनेटरमा विनोद बहादुर कुँवर, स्टेट डेपुटी कोअर्डिनेटरमा अमर रसाइली, स्टेट युथ मेम्बरमा विज्ञान कँडेलले उम्मेदवारी छ ।

एनसीसी मेम्बरमा बद्रिकुमार बरुवाल, तेज कवाय, सन्तोष श्रेष्ठ, प्रकाश पाण्डे, रोशन भट्टराई र बिमल कँडेलले उम्मेदवारी घोषणा गरेका छन् ।

एक दशक देखि एनाअरएनएमा आवद्ध भएका पोख्रेलले पछिल्लो दुई कार्यकाल कोषाध्यक्षको जिम्मेवारी सम्हालेका थिए । संस्थाको पारदर्शीता र यसको आर्थिक समायोजनलाई प्रभावकारी ढंगले निभाएको कारण दोश्रो कार्यकालमा आफू निर्बिरोध निर्वाचित भएको पोख्रेल बताउँछन् ।

एनआरएन अस्ट्रेलियाको पारदर्शिताका लागि उनकै कार्यकालदेखि त्रैमासिक लेखा विवरण सार्वजनिक हुन थालेको थियो । उनी भन्छन्,ुयो एनआरएन अस्ट्रेलियाको पारदर्शिताको प्रभावकारी कोशेढुंगा साबित भएको छ, त्यसबाहेक कोषाध्यक्षका रुपमा मैले अस्ट्रेलियन बहु सांस्कृतिक विभाग र संघ संस्थासँग आर्थिक सहयोग जोहो गर्न पनि सफल भएको छु ।ु

एनआरएनलाइ संस्थागतकरण, प्रविधीमैत्री, आर्थिक पारदर्शिता, कुशल संस्थागत प्रक्रिया, श्रोतको पहुँच, बिभिन्न तहका सरकारसंग सम्बन्ध विस्तार लगायतका कुराहरूमा उनले विशेष जोड दिंदै आएका छन् ।

को हुन् महासचिव सन्तोष ?

(एनआरएन) अस्ट्रेलियाको अध्यक्ष पदका उम्मेदवार अनिल पोखरेलको समूहबाट महासचिवका उम्मेदवारी घोषणा गरेका सन्तोष कुँवर विगत १४ वर्षदेखि अष्ट्रेलिया बस्दै आएका छन् । अष्ट्रेलियामा विद्यार्थी भिजामा सन् २००९ मा अष्ट्रेलिया पुगेका उनले २०१० मा मास्टर्स गरेका थिए । त्यसपश्चात अष्ट्रेलियाको ‘माइग्रेसन ल एण्ड प्राक्टिस’मा स्नातक गरे ।

सन् २०१८ देखि उनले ब्रिसबेनमा माइग्रेसन्ट एजेन्टको रुपमा व्यवसाय सञ्चालन गरिरहेका छन् । यतिमात्रै नभई उनले २ वटा इटालियन रेस्टुरेन्ट समेत सञ्चालन गर्दै आइरहेका छन् ।
उनले एनआरएनमा रहेर विभिन्न पद तथा भूमिकामा रहेर काम गरिसकेका छन् ।

२०१५-२०१७ मा एनआरएन क्यूएलडीमा उनी प्रदेश सचिव रहेका थिए । यस्तै सन् २०१७(२०१९ मा एनआरएन अष्ट्रेलियाको उपाध्यक्ष समेत बनेका उनी २०१९(२०२१ मा अन्तराष्ट्रिय समन्वय परिसद् ९आइसीसी० सदस्य र २०२१ देखि हालसम्म आईसीसीका उपमहासचिव रहेका थिए ।

विभिन्न क्षेत्रमा नेतृत्वको अनुभव सँगालिसकेका कुँवरले यसपटक पोखरेलको प्यानलबाट महासचिवमा उम्मेदवारी घोषणा गरेका हुन् ।

को हुन् सचिवका प्रत्यासी थिरबहादुर गुरुङ रु

सचिवमा उम्मेदवारी घोषणा गरेका थिरबहादुर गुरुङ सन् २००८ मा अष्ट्रेलियामा पुगेका थिए । अध्ययनका लागि अष्ट्रेलिया पुगेका उनले त्यहाँ विजनेस र ‘इन्टरनेशनर टुरिजम म्यानेजमेन्ट’ विषयमा स्नातक गरे ।

अष्ट्रेलियामा रहँदै गर्दा उनले विभिन्न कार्यक्रम तथा सामूदायिक संगठनहरूका स्वयम्सेवकको भूमिका निर्वाह गरेका छन् ।

उनले २०१३(२०२३ सम्म खुकुरी फुटबल क्लवको कार्यकारी सदस्य, २०१७-२०२३ तामु ढी एसए को प्रवक्ता, २०१९-२०२३ सम्म एनआरएन स्टेट युथ कोअर्डिनेटर, २०२१-२०२३ सम्म एनआरएन स्टेट ग्राण्ड एप्लिकेसन सल्लाहकार, एनआरएन राष्ट्रिय युवा सल्लाहकार २०२१-२०२१सम्म र २०२२-२०२३ सम्म एडिलेड नेपालिज क्रिकेट एसोसिएसनका सल्लाहकारको भूमिकामा रहेका थिए ।

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:०४

  काठमाडौं । आज (आइतबार) विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस...

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत : लोकप्रसाद दाहाल

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:५२

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्...

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया ठुली माया तामाङको ज्यान

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:३६

  काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६, काभ्रे भुरुङ्गेटोलमा आएको हुरीबतासका...

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग अन्तक्रिया गर्ने

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:२०

  काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी संघको आपत्ति, अध्यक्ष गुरुङको नेतृत्वलाई पूर्ण समर्थन

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:०१

  काठमाडौं । नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघले नेपाल...