CG Electronics
IME Life
NIMB

‘सरकारले भ्रष्टाचारविरुद्धको अभियानबाट पछि हट्दैन’

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले सूचना प्रविधिको क्षेत्रमा क्रान्ति भएको बताएका छन् । उनले प्रविधिको विकासले नागरिकको जीवनशैलाई सहज बनाएको बताएका छन् ।

प्रविधिले विश्वलाई एउटा गाउँमा सिमित गरिदिएको बताउँदै भने, “सूचना प्रविधिको विकासले विश्वा एउटा गाउँमा परिणत भएको छ, यसले समय र खर्चलाई समेत घटाएको छ” महराले भने ।

संवाद डबलीले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वसंचारमन्त्री समेत भएका महराले सूचना प्रविधिको क्षेत्रमा आफूले १६ वर्ष पहिले गरेको कल्पना गरेको भन्दा विकास र प्रयोग अझ अघि बढेको बताए ।

महराले आफूले ‘घरघरमा इन्टरनेट, हातहातमा मोबाइल’ नारा तय गर्दा धेरैले विश्वास नगरेको बताउँदै भने, “मैले १६ वर्ष पहिले संचार मन्त्रालयको नेतृत्व गरेपछि संचारमा क्रान्ति गर्न ‘घरघरमा इन्टरनेट, हातहातमा मोबाइल’ को लक्ष्य राखियो । कतिपयले मलाई फोन गरेरै यो सम्भव छैन भन्नुभएको थियो ।

तर, अहिले त्यो भन्दा पनि माथि पुगेको छ ।”
सरकारले सूचना प्रविधिलाई प्राथमिकतामा राखेर आफ्ना नीति तथा कार्यक्रममा समेटेको महराले बताए ।
प्रवक्ता महराले सरकार भ्रष्टाचार विरोधी अभियानबाट पछि नहट्ने बताउँदै नक्कली भुटानी शरणार्थीदेखि ललिता निवास प्रकरणसम्म पुग्दा त्यो पुष्टी भएको दाबी गरे । उनले सरकार विभिन्न समयमा भएका यस्ता काण्डहरुको एकपछि अर्को फाइल खोल्ने बताए ।

नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले भौगोलिक अवस्थाका कारण नेपालका सबै क्षेत्रमा दूरसंचारको विकास हुन नसकेको बताए । उनले इन्टरनेट सुपरहाइवे भएको बताउँदै खनालले सरकारको ‘डिजिटल नेपाल फ्रेमवर्क’ को लक्ष्य पूरा गर्नुपर्ने दायित्व सबै सरोकारवालाहरुको भएको बताए ।

त्यसैगरी अध्यक्ष खनालले उपभोक्ता पनि सचेत हुनुपर्ने बताउँदै सम्झौताअनुसारको सेवा नदिए प्राधिकरणमा जानकारी वा उजुरी गर्न आग्रह समेत गरे । सेवा प्रदायकलाई घचघचाउन समेत सेवाग्राहीलाई आग्रह गरे । उनले २०२३ सम्म नेपालका सबै क्षेत्रमा इन्टरनेटको पहुँच पु¥याइसक्ने लक्ष्य दिएको जानकारी समेत गराए ।

कार्यक्रममा नेपाल टेलिकमकी सिसिओ संगिता पहाडीले १४ वटा पालिकाबाहेक सबै पालिकामा एनटिसीको सेवा पुगेको जानकारी दिइन् । पहाडीले भौतिक संरचना र विद्युत नपुगेकाले पनि सबै ठाउँमा सेवा पुग्न नसकेको बताइन् ।

नेपाल टेलिकमले सरकारको ‘डिजिटल नेपाल फ्रेमवर्क’ को लक्ष्यलाई पूरा गर्ने गरी अगाडि बढेको जानकारी दिइन् । नेपालको पहिलो र सरकारको स्वमित्व भएकोले नेपाल टेलिकम जिम्मेवार भएर सेवा प्रवाह गरिरहेको बताए ।

एनसेल आजियाटा लिमिटेडको तर्फबाट मुनेश पोखरेलले नीजि क्षेत्रको अग्रणी संस्था भएकोले एनसेलले सरकारको नीति तथा ऐनको पालना गर्दै सेवा प्रवाह गरिरहेको बताए । उनले सरकारको ‘डिजिटल नेपाल फ्रेमवर्क’ को लक्ष्यमा एनसेलको पूर्ण साथ रहेको समेत बताए । उनले सेवाग्राहीको गुनासोलाई सिस्टमबाट सम्बोधन भइरहेको बताउँदै त्यसबाट पनि समाधान नभएको गुनासो आए समाधान गर्ने प्रतिवद्धता समेत जाहेर गरे ।

इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेशन लिमिटेडको तर्फबाट चन्द्रमणी नेपालले सेवा विस्तारसँगै गुणस्तरलाई पनि ध्यान राखेको बताए ।

“सरकारको डिजिटल नेपाल फ्रेमवर्कमा साथ दिँदै सेवा विस्तार गरिरहेका छौं । हामीले सेवालाई गाउँगाउँसम्म पु¥याउँदै छौं” नेपालले भने । गुणस्तरिय सेवा दिन आफूहरु प्रतिवद्ध रहेको बताउँदै गुनासो गर्न सेवाग्राहीलाई आग्रह समेत गरे ।

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:०४

  काठमाडौं । आज (आइतबार) विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस...

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत : लोकप्रसाद दाहाल

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:५२

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्...

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया ठुली माया तामाङको ज्यान

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:३६

  काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६, काभ्रे भुरुङ्गेटोलमा आएको हुरीबतासका...

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग अन्तक्रिया गर्ने

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:२०

  काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी संघको आपत्ति, अध्यक्ष गुरुङको नेतृत्वलाई पूर्ण समर्थन

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:०१

  काठमाडौं । नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघले नेपाल...