राष्ट्र बैंकले दोहोरो मौद्रिक नीति लिन जरुरी छ : अध्यक्ष अग्रवाल
Tuesday Jul 04, 2023
वि.सं.२०८० असार १९ मंगलवार १५:४९
काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाले राष्ट्र बैंकले खुकुलो र लचिलो खालको दोहोरो मौद्रिक नीति लिनुपर्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित ‘मौद्रिक नीति सम्मेलन २०२३’ लाई सम्बोधन गर्दै उनले राष्ट्र बैंकले प्रतिकूल आर्थिक अवस्थामा सुधार नहुँदा सम्मका लागि सीडी रेसियो, एसएलआरलगायतका मौद्रिक उपकरणहरुमा लचकता अपनाउनुपर्ने बताएका हुन् ।
उनले भने, ‘अर्थ व्यवस्थालाई मन्दीबाट बाहीर ल्याउनको लागि राष्ट्र बैंकले दोहोरो, प्रकृतिको मौद्रिक नीति लिनुपर्ने परिसंघको धारणा छ । मूल्य वृद्धि नियन्त्रण गर्न संकुचित मौद्रिक नीति आवश्यक छ भने,समग्र माग विस्तार र वृद्धिका लागि रोजगारी विस्तार र सृजना गर्न खुकुलो मौद्रिक नीतिको खाँचो छ ।’
त्यस्तै उनले राष्ट्र बैंक सजक भएर उद्योग क्षेत्रमा जाने लगानीमा लचिलो हुने गरी २०२३ ÷०२४ को लागि मौद्रिक नीति ल्याउनुपर्ने तथा समस्यामा रहेका उत्पादनमूलक व्यवसायका लागि पुर्नकर्जाको व्यवस्था कायम गर्नुपर्ने माग गरे ।
‘अर्थतन्त्रको समग्र माग घटिरहेको र लगानीयोग्य पूँजिको लागत बढीरहेको अवस्थामा इन्टे«स्ट रेट करिडोर अन्र्तगतका दरहरु र बैंक दरहरु घटाईनु पर्छ ।’
उनले राष्ट्र बैंकले लिएको निर्देशित लगानी कार्यक्रमलाई साना, मझौला तथा ठूला उद्योग लगायत उत्पादनमूलक उद्योग तथा क्षेत्रमा लगानी विस्तार प्रवाह हुने गरी परिमार्जन गर्न आवश्यक रहेकोले काउन्टर साइक्लिक बफर एक वर्षको लागि स्थगन गर्नुपर्ने लगायतका विविध सुझाव राष्ट्र बैंकलाई दिएका छन् ।

























