CG Electronics
IME Life
NIMB

प्राकृतिक चिकित्साको बारेमा मुलुक कस्तुरीको विना जस्तो अवस्थामा : मन्त्री बस्नेत

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपाल प्राकृतिक चिकित्साको बारेमा कस्तुरीको विना जस्तो अवस्थामा रहेको बताएका छन् ।

बुधबार नेपाल सरकारद्धारा राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयले प्राकृतिक चिकित्सालाई महत्वमा राखेको बताए ।

उनले भने ‘ हामीले हाम्रो उपचार पद्धतिलाई विकसित गर्ने मात्र नभइ निरोगी हुने कुरालाई पनि यसले व्यवस्थापन गर्छ । यसलाई व्यवस्थापन गर्ने कुरामा हामी हिमाली मुलुक जडिबुटीको भण्डार भन्छौं । जडीबुटी एकभारी लगेर दिँदा खेरि एक कर्केली उपलब्धि पाउँछौं । त्यसैले कस्तुरीको नाईटोमा विना छ भन्ने कुरा उसैलाई थाहा नभएको जस्तो गरि हामी बसिरहेका छौं । ’

मन्त्री बस्नेतले प्राकृतिक चिकित्साको बारेमा सरकारले केही न केही गरेको चर्चा गर्दै प्राकृतिक चिकित्सा विज्ञ डाक्टरको नियुक्ति प्रक्रिया अघि बढाउन निर्देशन दिए । ’

‘ सरकार र प्राकृतिक चिकित्सा क्षेत्रका विज्ञहरुबीच संवाद आवश्यक छ, यो समस्या समाधान गर्न मन्त्रालयले केही गरेन भन्नु भयो अब यसका एउटा दरबन्दी सिर्जना गरेर तुरुन्तै आठौं तहको एक जना प्राकृतकि शिक्षा चिकित्सा विज्ञ डाक्टरको नियुक्त गर्ने कुरामा अगाडि बढाउनुस्, सातवटै प्रदेशमा १ सय बेडको प्राकृतिक चिकित्सा अस्पताल खोल्ने प्रक्रिया पनि सरकारले अघि बढाइसकेको छ । ’

मन्त्री बस्नेतले प्राकृतिक चिकित्साको क्षेत्रमा मन्त्रालय र विभागसंँग समन्वय गरेर आगामी दिनमा अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:०४

  काठमाडौं । आज (आइतबार) विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस...

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत : लोकप्रसाद दाहाल

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:५२

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्...

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया ठुली माया तामाङको ज्यान

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:३६

  काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६, काभ्रे भुरुङ्गेटोलमा आएको हुरीबतासका...

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग अन्तक्रिया गर्ने

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:२०

  काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी संघको आपत्ति, अध्यक्ष गुरुङको नेतृत्वलाई पूर्ण समर्थन

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:०१

  काठमाडौं । नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघले नेपाल...