CG Electronics
IME Life
NIMB

मन्त्री मोदी र कोरियाली परराष्ट्रमन्त्रीका दूतबीच द्धिपक्षीय भेटवार्ता

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

दक्षिण कोरिया । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी र दक्षिण कोरियाका परराष्ट्रमन्त्री पार्क जिनका दूत ली हुन वुकबीच भेटवार्ता भएको छ ।

कोरियाको बुसान सहरमा भएको द्धिपक्षीय भेटका क्रममा दुई देशका जनस्तरको सम्बन्धलाई अझ प्रागाढ बनाउँदै लैजाने सन्दर्भमा कुराकानी भएको छ ।

परराष्ट्रमन्त्रीका दूत ली हुन वुकले कोरिया सरकारमार्फत् नेपालको विकासका लागि गर्न सक्ने सहयोग गर्न आफूहरु तयार रहेको बताए । “नेपाल र कोरियाबीच जनस्तरको सम्बन्ध स्थापित छ” परराष्ट्रमन्त्री पार्क जिनको सन्देश सुनाउँदै उनका दूत हुन वुकले भने, “यो सम्बन्धलाई अझ प्रागाढ बनाउँदै नेपालको समग्र विकासका क्षेत्रमा साथ र सहयोग गर्न कोरिया सरकार तयार छ ।”

मन्त्री मोदीले कोरिया र नेपालबीचको कुटनीतिक सम्बन्ध स्थापित भएको ४९ औँ वर्ष पूरा भई ५० औँ वर्षगाठमा प्रवेश गरेकोमा बधाई ज्ञापन गरे । नेपाल र कोरियाबीचको जनस्तरको सम्बन्धलाई थप परिष्कृत बनाउँदै लैजानुपर्ने उनको भनाई थियो ।

“यो सम्बन्धलाई अझ प्रागाढ र विश्वासिलो बनाउने दायित्व हाम्रो काँधमा छ” मन्त्री मोदीले भने, “दुवै देशको हक र हितका पक्षमा हुने सबैखाले गतिविधिमा हाम्रो साथ रहन्छ ।”

मन्त्री मोदीले नेपालको संघीयता कार्यान्वयनको चरणमा रहेकाले संघीयताको प्रभावकारी कार्यान्वयन र सबलीकरणका सन्दर्भमा रचनात्मक र सकारात्मक सहयोगका लागि अपिल समेत गरे ।

 

 

 

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:०४

  काठमाडौं । आज (आइतबार) विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस...

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत : लोकप्रसाद दाहाल

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:५२

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्...

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया ठुली माया तामाङको ज्यान

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:३६

  काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६, काभ्रे भुरुङ्गेटोलमा आएको हुरीबतासका...

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग अन्तक्रिया गर्ने

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:२०

  काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी संघको आपत्ति, अध्यक्ष गुरुङको नेतृत्वलाई पूर्ण समर्थन

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:०१

  काठमाडौं । नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघले नेपाल...