CG Electronics
IME Life
NIMB

स्वार्थ केन्द्रित निर्णयका कारण अर्थतन्त्रमा समस्या : अर्थमन्त्री महत

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले, आन्तरिक नीति निर्माणसंग जोडिएका स्वार्थ केन्द्रित निर्णयका कारण अर्थतन्त्रमा समस्या देखिएको तर्क गरेका छन् ।

आइतवार नेपालको आर्थिक अवस्था र आगामि मौद्रीक नीति विषयक अन्तक्रिया कार्यक्रममा उनले स्वार्थ केन्द्रित वित्त नीतिमा सुधार पहिलो आवश्यकता भएको तर्क गरे ।

उनले भने, ‘हामीसंग भविष्यमा स्रोत कति हुन सक्छ भन्ने कुरालाई ध्यान नदिईकन पछि जहाँबाट पनि आइहाल्ला भन्ने हिसावले कार्य गरेको पाईयो ।

स्रोतको सुनिश्चितता ठूलो रोगको रुपमा देखा परेको छ । अर्को ठूलो समस्याको रुपमा रकमान्तर पनि देखिएको छ । भैसकेको कुरालाई केही गर्न सकिदैन्, तर कडा रुपमा स्वीकृति नै नलिई भटाभट गरिने रकमान्तरलाई रोेकेका छौं ।’

उनले वित्तिय रुपमा देखिएका संस्थागत विकृतिलाई रोक्न तथा अत्यावश्यक परेको स्थानमा रकमान्तरलाई छुट दिएको जिकिर पनि गरे ।

त्यस्तै उनले ठूला आयोजना बाहेकका अन्य आयोजनामा स्रोत सुनिश्चितता समस्याको रुपमा देखिएको भन्दै अब साना आयोजनालाई तीन वर्षभन्दा धेरै समय नदिने र पूँजिगत खर्च बढाएर सिस्टममा देखिएको समस्यालाई समाधान गर्न प्रतिवद्ध रहेको बताए ।

 

महतले भने, ‘वार्षीक समस्याको रुपमा स्रोत सुनिश्चितता आयो । काम नसकि पुन ठेक्का लगाउनुपर्ने, आयोजनाको म्याद थप्यो फेरी अर्को ६ महिना लाग्ने । बहुवर्षे ठेक्काले ठूलो समस्या स्रोत सुनिश्चिततामा ल्यायो ।

 

एक करोडको विनियोजन ग¥यो एक अरबको स्रोत सुनिश्चितता दिने । यसलाई तीन वर्ष भन्दा अब ठेक्का ठूला आयोजना बाहेक अरुलाई हुदैन् । निश्चित समयसिमा भित्र ठेक्का लगाउने र विकास खर्च गर्नुपर्ने यि कुराहरुलाई लागु गर्न गम्भीरताको साथ लागेका छौं ।’

 

उनले वित्तीय नीति र मौद्रीक नीति दुबै तर्फबाट लयमा काम गर्न सके अर्थतन्त्रले गति लिने र सरकारले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिदर पुरा गर्न सकिने पनि उल्लेख गरे ।

 

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:०४

  काठमाडौं । आज (आइतबार) विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस...

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत : लोकप्रसाद दाहाल

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:५२

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्...

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया ठुली माया तामाङको ज्यान

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:३६

  काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६, काभ्रे भुरुङ्गेटोलमा आएको हुरीबतासका...

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग अन्तक्रिया गर्ने

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:२०

  काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी संघको आपत्ति, अध्यक्ष गुरुङको नेतृत्वलाई पूर्ण समर्थन

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:०१

  काठमाडौं । नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघले नेपाल...