Nabil Bank
prabhubank
nic bank

नाडा अटो शो २०२३ को लागि बुकिङ्ग खुल्ला

मिडिया स्पेस सोलुसन्स प्रालि

काठमाडौं । नेपालको सवैभन्दा ठूलो र भव्य रुपमा सम्पन्न हुदै आएको नाडा अटो शो २०२३ आगामी भाद्र २६ गते देखि ३१ गतेसम्म काठमाण्डौ प्रदर्शनीमार्गको भृकुटी मण्डप परिसरमा आयोजना हुने भएको छ । यसै क्रममा नाडाले सो प्रदर्शनीका लागि बुकिङ्क समेत खुल्ला गरेको छ ।

नाडाको आयोजनामा हरेक बर्षको दशैँ अगाडी आयोजना हुदै आएको नाडा अटो शो कोभिडको महामारीका कारण २०२० र २०२१ मा पनि आयोजना हुन सकेन भने नाडा अटो शो २०२२ पनि सरकारले गत बर्ष केही सवारी साधनहरुको आयातमाथी लगाएको प्रतिवन्धका कारण आयोजना गर्न सकेको थिएन । यस्तो विपरित स्थितिमा नाडाले आफनो इतिहासमा पहिलो पटक गतबर्ष भृकुटी मण्डपमा भव्यताकासाथ नाडा इभि एक्सपो २०२२ सम्पन गरेको थियो ।

आउदो नाडा अटो शो २०२३ मा विद्युतिय लगायतका चार पाँगे्र, तीन पाँग्रे तथा दुई पाँगे्र सवारी तथा ढुवानीका साधनहरु, स्पेयर पाटर्स, टायरटयूव, व्याट्री, एसेसरिज, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरु समेत राखिने छन् । त्यसैगरी सो प्रदर्शनीमा बैंक, इन्स्योरेन्स लगायत ट्राफिक, सडक शुरक्षा र वातावरणसंग सम्बन्धित संघ संस्थाहरु समेतको सहभागिता रहने छ । झण्डै चार बर्षपछी हुन लागेको यस बृहत प्रदर्शनीमा एक लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र करिव २० अरव भन्दा बढीको कारोबार हुने अपेक्षा समेत राखिएको छ ।

कोभिडको दिर्घकालिन असर, सरकारले केही सवारी साधनको आयातमा लगाएको प्रतिवन्ध र प्रतिकूल मौद्रिक नीति जस्ता विभिन्न कारणहरुले विगतमा सुस्ताएको अटोमोवाइल व्यवसामा, हाल आएको सुधार तथा सकारात्मकतातर्फ अग्रसर भईरहेको राष्ट्रिय अर्थतन्त्रका कारण यो प्रदर्शनी गत बर्षहरुमा सम्पन्न प्रदर्शनीहरु भन्दा थप बृहत र भव्य हुने अपेक्षा समेत राखिएको छ । त्यसैगरी यस प्रदर्शनीमा नेपालभरीका अटोमोवाइल व्यवसायीहरुको अधिकतम सहभागिता रहने अपेक्षा समेत गरिएको छ ।

सुजुकीको जिम्नी रारा एडभेन्चर ‘अ राईड विथ अ कज’ सम्पन्न

सुजुकीको जिम्नी रारा एडभेन्चर ‘अ राईड विथ...

वि.सं.२०८१ जेठ ७ सोमवार ०४:००

  काठमाडौं । सिजि नेस्क्टजेनले जिम्नी रारा एडभेन्चर, ‘अ राईड...

सेयर बजारमा उच्च बढोत्तरी, कारोबार ५ अर्ब नाघ्यो

सेयर बजारमा उच्च बढोत्तरी, कारोबार ५ अर्ब...

वि.सं.२०८१ जेठ ६ आइतवार २२:१९

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा उच्च बढोत्तरी छ...

एक दिनमै ५० युनिट बीवाईडी ईभी डेलिभरी र आरएसए भेइकलको रुपमा ७ वर्ष पुरानो बीवाईडी ई६ सार्वजनिक

एक दिनमै ५० युनिट बीवाईडी ईभी डेलिभरी...

वि.सं.२०८१ जेठ ६ आइतवार १४:३४

  नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले एक दिनमै...

एम.ए.डब्लू. हायर पर्चेज  (एमएचपीएल)ले ल्यायो आफ्ना ग्राहकका लागि ट्रेण्डसेटिंग ‘मोबाइल एप’

एम.ए.डब्लू. हायर पर्चेज  (एमएचपीएल)ले ल्यायो आफ्ना ग्राहकका...

वि.सं.२०८१ जेठ ६ आइतवार १३:२९

  जेठ ६, २०८१, काठमाडौँ, आजको डिजिटल युगमा हरेक उद्‌योगका...

काठमाडौंमा आगामी असोजमा फर्निचर एक्स्पो हुने, पहिलो पटक किनमेल बजार

काठमाडौंमा आगामी असोजमा फर्निचर एक्स्पो हुने, पहिलो...

वि.सं.२०८१ जेठ ६ आइतवार १०:४५

  काठमाडौं । आगामी असोज पहिलो साता राजधानीको भृकुटीमण्डपमा दशौं...

विलिङ बिंगो इभी नेपालमा सार्वजनिक

विलिङ बिंगो इभी नेपालमा सार्वजनिक

वि.सं.२०८१ जेठ ६ आइतवार ०७:५२

  काडमाडौं । प्यारामाउन्ट मोटर्सले विलिङको बिंगो इभी मोडल नेपाली...