CG Electronics
IME Life
NIMB

देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन पुष्पलालले देखाएको बाटो उचित : ईश्वर पोखरेल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन पुष्पलाल श्रेष्ठले मार्गनिर्देश गरेको बाटोमा अघि बढ्न आवश्यक भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४५औं ‘स्मृति दिवस’ को उपलक्ष्यमा एक विज्ञप्ति जारी गर्दै पोखरेलले पुष्पलाल बाम–लोकतान्त्रिक आन्दोलनको सहकार्यको सुत्रधार भएको उल्लेख गरेका छन् ।
उनले पुष्पलालको अगुवाईमा नेपाली समाजको तत्कालीन अवस्थाको गहिरो विश्लेषणका साथ नेपाली समाज र राजनीतिलाई मार्गनिर्देशन गर्ने विचारद्वारा निर्देशित संगठन नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको बताए ।

कार्यवाहक अध्यक्ष पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘ यो नेपालको वाम–लोकतान्त्रिक आन्दोलनमा पुष्पलालको साँच्चीकै श्रेष्ठ योगदान हो । देशलाई समृद्ध र बलियो बनाउने साधन सही विचार बोकेको राजनीतिक पार्टी हो । ’

उनले पार्टीलाई बलियो बनाउँदै देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन पुष्पलालले मार्गनिर्देश गरेको बाटोमा अघि बढ्नु आवश्यक भएको बताए ।
नेकपा एमालेको सरकारले थालनी गरेका दूरगामी महत्वका काम जनताको साझा राष्ट्रिय उपलब्धिका रुपमा रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेकपा ९एमाले० देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र नेपालको सर्वोपरी राष्ट्रिय आकांक्षालाई प्रतिनिधित्व गर्दै जनताबीच सक्रिय रहेको दल भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

एमालेले लोकतन्त्रलाई राजनीतिक अधिकारको संकुचित परिभाषाबाट माथि उठाउँदै जनताका सम्पूर्ण आवश्यकता परिपूर्तिको जीवनमूल्य समेटिएको ‘परिपूर्ण लोकतन्त्र’ का रुपमा अघि सारेको पनि कार्यवाहक अध्यक्ष पाखेरेलले बताएका छन् ।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...