CG Electronics
IME Life
NIMB

एनआरएनए हङकङमा पुन गोकर्ण ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । एनआरएनए हङकङमा पुन गोकर्ण ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति, नवनिर्वाचित पदाधिकारीले लिए सपथ
हङकङ, गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको नवनिर्वाचित कार्यसमितिले सपथ तथा पदभार ग्रहण गरेको छ।

नवौं राष्ट्रिय महाधिवशेनमा निर्वाचन अधिकृत हेजेन राईले नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको सपथग्रहण गराएका हुन ।

उक्त सपथ ग्रहण कार्यक्रममा एनआरएनए आइसिसि सचिव टिका गुरुङ,एनआरएनए हङकङका सँस्थापक अध्यक्ष कृष्ण प्रसाद पाण्डेलगाएत हङकङमा रहेका विभिन्न संघ सँस्थाका पदाधिकारीहरुको उपास्थिती रहेको थियो ।


एनआरएनए हङकङको आउँदो कार्यकालका लागि गोकर्ण प्रसाद ढकाल फेरि नेतृत्वमा दोहोरिएका छन ।

अध्यक्षसहित अन्य सवै पदमा दोहोरो उम्मेदवारी नपरेपछि सिंगो कार्यसमिति नै निर्विरोध चयन भएको हो।
निर्विरोध कार्यसमितिको उपाध्यक्षमा अनु राई र सन्तोष गुरूङ चयन भएका छन ।

महासचिवको जिम्मेवारी डिल्लीराम विश्कर्माले पाएका छन भने सचिवमा मनोज सूर्यवशीं चुनिएका छन ।
त्यस्तै, कोषाध्यक्षमा अर्जुन गौचन र सहकोषाध्यक्षमा रिना कनौजिया निर्वाचित भएका छन ।

ईन्दर पुर्जा पुनलाई युवा संयोजकको जिम्मेवारी दिइएको छ भने महिला संयोजक कविता गुरुङलाई बनाइएको छ ।

 

यसैगरी, कार्यसमिति सदस्यहरूमा विश्नाथ घिसिङ, मनिष लिम्बू, बर्दान गुरुङ, अशोक गुरुङ र मनोज गौतम चयन भएका छन ।

महाधिवेशनमा हङकङका लागि नेपाली महावाणिज्यदूत उदयबहादुर राना प्रमुख अतिथि थिए। यस्तै, संघकी महिला सचिव राधिका गुरुङ (टीका) ,एनआरएनए हङकङका सँस्थापक अध्यक्ष कृष्ण प्रसाद पाण्डे लगाएत विशेष अतिथिहरुले नवनिर्वाचित कार्यसमितीलाई सफल कार्यकालको सुभकामना ब्यक्त गरेका थिए ।

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष शिक्षा र प्राविधिक अध्ययनमा जोड

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०४

काठमाडौँ — नेपाली सेनाको सैनिक कल्याणकारी कोषले शिक्षा क्षेत्रमा गरेको...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत काम भएको छैन : अर्थमन्त्री डा वाग्ले

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत...

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०९

  आर्थिक विधेयकमा देखिएका कतिपय प्राविधिक अस्पष्टता र त्रुटिहरूलाई पूर्ण...