CG Electronics
IME Life
NIMB

नेपालमा महिलामा हुने पाठेघरको मुख र स्तन क्यान्सर सबैभन्दा उच्च विन्दुमा : महासचिव घिमिरे

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपाल क्यान्सर केयर फाउन्डेशनकी महासचिव सरिता घिमिरेले नेपालमा महिलामा हुने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर सबैभन्दा उच्च विन्दुमा पुगेको बताएकी छिन् ।

 

सोमबार जापान सरकारको सहयोगमा निर्मित ललितपुर जिल्लामा महिला क्यान्सर सेन्टरका लागि म्यामोग्राफी मेसिन जडान गर्ने आयोजना हस्तान्तरण समारोहमा महासचिव घिमिरेले क्यान्सरको उच्च जोखिम रहेको तत्थ्यांक प्रस्तुत गरिन् ।

उनले भनिन्,‘नेपालमा क्यान्सरको आँकडा हेर्ने हो भने महिलाहरुमा हुने पाठेघर मुखको क्यान्सर र स्तन क्यान्सर अहिले सबैभन्दा उच्च विन्दुमा छ ।’

संस्थाले मात्रै २५ हजार भन्दा धेरै महिलाहरुको पाठेघर मुखको क्यान्सर र १७ सय बढीमा स्तन क्यान्सर स्क्रिनिङ गरेको तत्थ्यांक उल्लेख गर्दै उनले नेपालको पूरा आँकडा हेर्नैै नपर्ने गरी क्यान्सरले भयावह रुप लिएको धारणा राखिन् ।

‘२५ हजार भन्दा धेरै महिलाहरुको पाठेघर मुखको जाँच तथा १७ सय बढीको स्तन क्यान्सर सम्बन्धि जाँच भैसकेको छ । विद्यमान क्यान्सरको भयावह स्थिति जान्नलाई हामीले नेपालको पूरा आँकडा हेर्नै पर्दैन्, सुरुवाती चरण देखि यो संस्थामा आएको आँकडा हेर्दा २८ जना महिलामा पाठेघरको र ७ जनामा स्तन क्यान्सर भेटिइसकेको छ,’ घिमिरेले भनिन् ।

 

 

त्यस्तै उनले संस्थामा जाँच गराउन आएका मध्ये ६सय १० जना पाठेघर मुखको क्यान्सर हुन सक्ने सम्भावित महिलाहरुलाई उपचार मार्फत निको गराएको भन्दै नेपालमा महिलामा देखिने दुवै क्यान्सको रोकथामका लागि सबै लाग्नुपर्ने धारणा राखिन् ।

नेपालको लागि जन स्तरीय आयोजना तथा मानवीय सुरक्षा अनुदान सहयोग कार्यक्रम ९जिजिपी० अन्तर्गत जापान सरकारको सहयोग द्वारा ललितपुर जिल्लामा महिला क्यान्सर सेन्टरका लागि म्यामोग्राफी मेसिन जडान गरिएको थियो । स्तन क्यान्सरको अवस्था बारेको महासचिव घिमिरेले पेश गरेको विवरण म्यामोग्राफी मेसिन जडान गरिसके पछिको हो ।

सन् २०१९ को अन्त्यमा यो परियोजना पूरा भएपछि २०२० मा हस्तान्तरण गर्ने तयारी गरिरहँदा कोभिड लगायतको कारण रोकिएको थियो । तर, फाउण्डेसनले सो मेसिन यस अघि नै सञ्चालनमा ल्याइसकेको छ ।

औपचारिता पूरा गर्न आज कार्यक्रम गरिएको हो । कार्यक्रममा नेपालका लागि जापानी राजदूत किकुता युताकाले क्यान्सर स्क्रिनिङ मेसिनको व्यवहारिक प्रयोगबाट प्रारम्भिक चरणमा क्यान्सर पत्ता लगाउन उपयोगी सिद्ध भएकोप्रति खुसी व्यक्त गरे ।

 

किकुताले भने, ‘म्यामोग्राफी परीक्षण यन्त्रको हस्तान्तरण समारोह आज भएता पनि उपलब्ध गराइएको परीक्षण उपकरणलाई यसरी व्यवहारिक रूपमा प्रयोगमा ल्याएको र वास्तवमा उपयोगी भएको देख्न पाउँदा राजदूतको हैसियतमा धेरै खुशी लागेको छ।’

 

उनले उपकरणको प्रयोगबाट स्तन क्यान्सर परीक्षणमा सुधार हुनाले प्रभावित बिरामीहरूको प्रारम्भिक उपचार हुनेमा विश्वस्त रहेको पनि बताएका छन् ।

 

‘पाठेघरको क्यान्सर, जुन भाइरस परीक्षण या खोपहरूद्वारा रोकथाम गर्न सकिन्छ, तर यसको विपरीत स्तन क्यान्सरको मामलामा स्क्रिनिङ मार्फत प्रारम्भिक पहिचान र त्यसपछि प्रारम्भिक उपचार गर्न अत्यन्त महत्वपूर्ण हुन्छ। यस पटक जापानले उपलब्ध गराएको म्यामोग्राफी उपकरणले मुख्यतया ललितपुर जिल्ला र वरिपरिका महिलाहरूको जीवन बचाउन पहिलो पाइला हुने र बिरामी र तिनका परिवारको सुखी जीवनका साथै स्थानीय समुदायको विकासमा ठूलो योगदान पुग्ने विश्वास लिएका छौं,’ युताकाले भने ।

 

कार्यक्रममा फाउण्डेसनका अध्यक्ष सुशीलकुमार पन्तले उक्त स्तन क्यान्सर स्क्रिनिङ उपकरण जडानले स्तन क्यान्सरको पहिचान गर्न ठूलो र महत्वपूर्ण सहयोग पुगेको भन्दै जापानी सरकारलाई धन्यवाद दिए । साथै उनले सरकारको क्यान्सर सम्बन्धि राष्ट्रिय नीतिमा सहयोग गर्ने र सरकारको योजना कार्यान्वयनमा साथ दिने भएको भन्दै एनजिओले उपलब्ध गराउने सेवा सुविधा विशुद्ध सेवा गर्नु रहेको र त्यसमा विस्वस्त रहन सबैमा आग्रह पनि गरे ।

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष शिक्षा र प्राविधिक अध्ययनमा जोड

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०४

काठमाडौँ — नेपाली सेनाको सैनिक कल्याणकारी कोषले शिक्षा क्षेत्रमा गरेको...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत काम भएको छैन : अर्थमन्त्री डा वाग्ले

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत...

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०९

  आर्थिक विधेयकमा देखिएका कतिपय प्राविधिक अस्पष्टता र त्रुटिहरूलाई पूर्ण...